Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामति विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राख्नुभएको संशोधनले गम्भीर बनाएको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सभामा सांसदको आफ्नो अधिकार हुने कुरालाई नकार्न नसकिने भएपनि दलको प्रमुख सचेतकले नै कुलिङ पिरियड हटाउने भनेर संशोधन प्रश्ताव दर्ता गर्नुले गम्भीर बनाएको बताए । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति भएकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको बताए ।

उनले भने, ‘यो निजामति विधेयकबारे राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक सहितले जसरी संशोधन राख्नुभएको छ । त्यसले हामी सबैलाई गम्भीर बनाएको छ । राष्ट्रिय सभामा आफ्नो राइटको कुरा छ । राष्ट्रिय सभाका सांसदहरुको अधिकारको कुरालाई सम्मान गर्नुपर्छ । प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति हो । के हो भन्नेकुरा यही हो भनेर त भन्न सकिँदैन ।’

प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकमा पास गर्नेकुरा माओवादीले स्वीकार नगर्ने बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?