Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह गर्नू


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले निजामति विधेयकमा संशोधनको विषयमा सांसदहरुलाई धम्की दिने प्रयास गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो बताएका हुन् । उनले सत्तारुढ दल नेपाली काँग्रेसकै सांसदहरुले फरक संशोधन राखेको भन्दै प्रश्न उठाएको उल्लेख गर्दै उनीहरुमा विधायिकी ज्ञानको कमि रहेको बताए । उनले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई निजामति विधेयकमा फरक संशोधन राखेको विषयमा मिडियाबाजी नगरी आफ्नै सभापतिसँग छलफल गर्न पनि गरे । बर्तौलाले कानून निर्माण प्रक्रियामा पार्टीको ह्वीप नलाग्ने भएको कारण सांसदको स्वतन्त्र अधिकार भएको बताए ।

उनले भने, ‘निजामति विधेयकमा कस्तो संशोधन हाल्ने भन्ने कुरा राष्ट्रिय सभा सदस्यहरुको विशेषाधिकारको कुरा हो । यसमा किन यस्तो संशोधन हालिस भनेर धम्क्याउने, सरकारमा दरार आउँछ भन्ने कुरा एकदम गलत हो । विधकयिकी कुरामा पार्टीको ह्वीप पनि लाग्दैन ।’

प्रतिनिधि सभाबाट पास भएको संघीय निजामति सेवा विधेयक अहिले विधायन व्यवस्थापन समितिमा पुगेको उक्त विधेयकमा रहेको कुलिङ अफ पिरियडको व्यवस्था खारेज गर्न एमाले सांसदहरुले संशोधन हालेका छन् ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?