Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्थानीय तहको संख्या ५ सय बनाउन छलफल शुरु भएको छः सचिव भट्टराई


काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आज राजधानीमा आयोजित संघीयतामा बजेट सम्बन्धि कार्यक्रममा उनले अहिले पनि केन्द्रीकृत मानसिकता हावी भइरहेको र त्यसलाई संघीयता प्रभावकारी रुपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताए । सचिव भट्टराईका अनुसार स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्छ । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै संघीयतालाई प्रभावकारी बनाइँदै लगिने बताएका छन् । उनले अनौपचारिक हिसावले ५ सय स्थानीय तहको संख्या बनाउनेबारे छलफल चलिरहेको बताए । उनले यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए ।

एमाले सचिव भट्टराईले भने ‘अधिकारको बाँडफाडदेखि अरु थ्रुपैमा पुनरावलोकन जरुरी छ । विशेषतः स्थानीय र प्रदेशलाई कसरी अझ अधिकार सम्पन्न बनाउने त्यसमा पुनरावलोकन गर्नुपर्छ । पुनरावलोकन गर्ने भनेको मैले संघीयता खारेज भन्न खोजेको होइन । अहिलेको संघीयतालाई अझ प्रभावकारी बनाउने भनेको हो । स्थानीय तह, प्रदेशलाई बढी भन्दा स्रोत साधन सम्पन्न बनाउने,कार्यान्वयन गर्ने क्षमता पनि उसको बढाउँदै जाने केन्द्रले बढी नीति र महत्वपूर्ण कामको जिम्मा लिनुपर्छ । अरु बिस्तारै हस्तान्तरण गर्दै जानुपर्छ । हाम्रो संविधानमा पनि संशोधन आवश्यकता छ । स्थानीय तहको ७५३ ओटा संख्या ज्यादा भयो । यसलाई घटाउन सकिन्छ भने घटाएर ५ सयको सेरोफेरोमा ल्याऔँं । बरु वडाहरुको संख्या बढाऔं । भन्ने छलफलहरु शुरु भइसकेको छ । किनभने वडालाई अझै थप अधिकार दिने, स्रोत, साधन सम्पन्न बनाउने र बढी भन्दा बढी दौलोको सरकार जेसुकै भनेपनि वडा नै हो । त्यसैकारण वडालाई बढाएर पालिकाको संख्या घटायौं भने अझै यसले काम गर्ने क्षमता, नेतृत्वको विकास अझै राम्रो बनाउछ की । यो छलफलको विषय हो । यसमा अझै अफिसियल लाइन बनेको छैन ।’

उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने बताए ।

आर्थिक, प्रशासनिक, राजनीति रुपमा संघीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रुपमा संघीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको बताए । पूर्वमन्त्री समेत रहनुभएका भट्टराईले निजामती ऐन, प्रहरी, शिक्षा ऐन बनाएर प्रशासनिक संघीयतालाई कार्यान्वयनमा लगिने बताए । आगामी बजेटबारे उनले यसपटकको बजेटले योजनाहरुलाई प्रतिफलमुखी बनाउन खोजेको बताए । उनका अनुसार संघीयतामा स्थानीय तह र प्रदेशले आफ्नो स्रोत सदुपयोग गर्नुपर्छ । केही अप्ठ्यारा छन् भने हटाइदिनुपर्छ । स्रोत सदुपयोग बढाउन जरुरी छ । तहगत सरकारले प्रशांसायोग्य काम गरेका छन् । जाजरकोट, रुकुमको भूकम्पमा स्थानीय तहको भुमिका महत्वपूर्ण छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?