Trending
>>   भारतसँग ‘घाँटी जोड्ने’ भिजन पेपरमाथि भीम रावलको प्रहारः नेपालको हित के ? >>   प्रधानमन्त्री बालेन्द्र साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने >>   हिन्दुराष्ट्र स्थापना गर्न सडक र सदन दुवै ठाउँबाट आवाज उठाउनुपर्छः खुश्बु ओली >>   सबै दलको सहमतिमा सरकार बनाउँछौँः मुख्यमन्त्री यादव >>   मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ >>   प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान >>   प्रधानमन्त्री साहको भारत भ्रमणमा सहभागी हुन निर्माण व्यवसायी महासङ्घको टोली भारत प्रस्थान >>   भारतमा रहेका नेपालीको पीडाः पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म >>   इरान अमेरिकी शर्तमा सहमत हुन तयार नभएको ट्रम्पको भनाइ, वार्ता अनिश्चित >>   लण्डनमा सैन्य खर्च कटौतीको माग गर्दै प्रदर्शन, शिक्षा र स्वास्थ्यमा लगानी बढाउन आग्रह
Logo
६ मंसिर २०८३, आईतवार
६ मंसिर २०८३, आईतवार

गोरखा सैनिकको वंशजको नेपाली नागरिकता कायम राख्न माग


काठमाडौँ। भूतपूर्व गोर्खा सैनिकहरुले गोर्खा सैनिक र उनीहरुका सन्ततिलाई वंशजको नागरिकता दिन माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले गोरखा सैनिकहरुको नेपाली नागरिकताको निरन्तरता र उनीहरुको सन्ततिलाई वंशजको आधारमा नागरिका दिनुपर्ने माग गरेका हुन् । देशले सम्झौता गरेर पठाएका नागरिकलाई राज्यविहीनताको अवस्था आउन नदिन उनीहरुको माग छ । बैठकमा बोल्दै ब्रिटिस गोरखा सत्याग्रह संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले आफूले अर्को नागरिकता खोजेको नभई भएकै नागरिकताको निरन्तरता चाहेको बताए । उनले गोर्खा सैनिकका सन्ततीले शिक्षा, स्वास्थ्यजस्ता आधारभुत सेवा लिनको बाध्य भएर बेलायतको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरुलाई नेपालको नागरिकता उपलब्ध गराउनुपर्ने माग राखे।

उनले भने , ‘यदि त्यहाँ गोर्खाको बालबालिकाहरुले नागरिकता लिएन भने राज्यबाट कुनैपनि अधिकार पाउँदैन । ऋणमा अध्ययन गर्नुपर्यो भनेपनि त्यहाँ पैसा पाउँदैन । त्यहाँ कुनैपनि कम्पनीको म्यानेजर हुनुपर्यो भने त्यहाँको नागरिक नै हुनुपर्छ । नत्र भने पाइँदैन । त्यहाँ विभिन्न समस्या भएर बालबालिकाहरु त्यहाँको नागरिकता लिन्छन् तर बाउ चाहीँ नेपाली नागरिक नै हुन्छ । समस्या के भयो त भन्दा आर्मीमा काम बिगार्यो भने चाहीँ निकालिदिन्छ । त्यस्तो भएको अवस्थामा बाउ चाहीँ नेपाल आउनुपर्यो श्रीमति र बालबालिकाहरु लण्डनमा छ । त्यस्तो घटनाहरु पनि भइरहेको छ । उसले १० वर्षसम्म त्यहाँ जान पाउँदैन । यो समस्या त सरकारले बनाएको हो नि । त्यसकारण हामीले अर्को नागरिकता खोजेका होइनौँ हामीसँग भएको नागरिकताको निरन्तरता मात्रै खोजेका हौँ । हरेक वर्ष तीन चार मानिस भर्ती भएर जान्छ ।’

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जुनसुकै मुलुकमा रहे पनि नेपाली नागरिकका सन्ततिलाई वंशजका आधारमा नागरिकता प्राप्तिमा संविधानतः कुनै बाधा नहुने तर्क गरे । उनले राज्यले कुनैपनि नागरिकलाई राज्यविहीनताको अवस्थामा राख्न नहुने जिकिर गरे । ब्रिटिस गोरखाले प्राप्त गर्ने निवृत्तिभरण राष्ट्र बैंकमार्फत प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा समेत उनको जोड छ । ज्ञवालीले गोर्खा सैनिकहरुलाई गैरआवासीय भिसा दिएर चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्न नहुने समेत बताए । आफूहरुलाई पनि नेपाली नागरिक सरह मान्नुपर्ने भन्ने गोरखा सैनिकहरुको माग रहेको बताएका छन् । गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम हुने नागरिकता ऐन संशोधन गर्न उनको आग्रह छ ।

उनले भने , ‘गैरआवासीय भिसा दिएर नेपालको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित गर्नुभएन भन्ने उहाँहरुको एउटा माग हो । हामीलाई नेपालको नागरिक सरह मान्नुप¥यो भन्ने माग छ । अर्को, नागरिकता प्राप्त गरेछन् भनेपनि देशलाई यति योगदान दिएको छ, स्टर्लिङ पाउण्डमा विदेशी पुँजी आउँछ । यहाँको पुँजी पलायन हुन्न यही आउँछ । उनीहरुको सन्ततीहरुले त्यत्रो विज्ञता हासिल गरेका छन् । त्यो पनि यही आउँछ । त्यसकारण उनीहरुले उताको नागरिकता पाएपनि नेपालको नागरिकता समेत पाउनुपर्छ भनेर संशोधनको माग हो । गोरखा सैनिकमा जाँदा नेपाली नागरिकता प्रयोग गरिएको र बेलायतको नागरिकता पाएपनि नेपाली नागरिकता कायम रहोस् भन्ने संशोधन प्रश्ताव हो ।’

नागरिकता निरन्तरता अभियान समिति युके नेपलाका वरिष्ठ सल्लाहकार हिमाल राईले बेलायती सेनामा भर्ती भएका नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने तथा उनीहरूको सन्तानलाई पनि वंशजका आधारमा नागरिकता प्राप्त गर्ने कानूनी सुविधा हुनुपर्ने माग गरे । उनले बेलायती सेनाबाट निवृत्त भएका करिव २२ हजार पूर्वगोरखा सैनिकलाई पेन्सनका रूपमा प्रदान गरिने करिव २१ करोड पाउण्डस्ट्रलिङ राष्ट्र बैंकमा जम्मा भएर वितरण गर्ने व्यवस्थाका लागि पनि माग गरे ।

उनले भने, ‘हामीले केही पनि मागेका छैनौँ, नेपालको अन्तरिम संविधान, २०६३ को धारा १० को निरन्तरताको माग गरेका हाँै । विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुनेछ भन्ने ठाउँमा ब्रिटिस गोर्खाको लागि लागू हुनेछ भन्ने लगाइदिनुभयो भने काफी हुन्छ । हाम्रो त्यति माग पुरा गर्नको लागि कन्जुस्याइँ गर्नुहुन्न भन्ने आशा गरेको छु ।’

सोमवार समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोरखा सैनिकसँग छलफल गरेको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?