काठमाडाैं । राजसंस्था फर्काउनको लागि राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको कार्यक्रम कुनरूपले जान्छ भन्ने कुरा चैत १२ गते घोषणा गर्ने लिङ्देनले बताएका छन् ।
काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कतिपय मानिसहरुले अझैपनि संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संघीयताकोप्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेसको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका छन् । उनले कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै
काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनैपनि प्रयास सफल हुन नसक्ने बताएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले केही समय यता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानबिरुद्ध भइरहेको सुनियोजित गतिविधिहरुप्रति नेकपा
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा÷महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा /महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? रबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको अनौपचारिक संवादमा प्रचण्डले मिलेर अघि बढ्नेबारे प्रस्ताव गरेका हुन् ।
काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्। चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो। तर, ज्ञानेन्द्र शाहको फोटो जलाउनेलाई कानुनी रुपमै
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो । सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए ।
काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । यसैगरी,राष्ट्रिय सभाको बैठक १:१५ बजे बस्ने सचिवालयले जनाएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने
काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।