Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

प्लास्टिक प्रदुषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यकः काँग्रेस सांसद सापकोटा


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद विष्णकुमारी सापकोटाले प्लास्टिक प्रदूषण नियन्त्रणका लागि अभियान चलाउन आवश्यक रहेको बताएकी छीन ।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो बताएकी हुन् । संयुक्त राष्ट्रसंघले विश्वभर प्लास्टिक प्रदुषण रोक्न अभियान चलाएको उल्लेख गर्दै उनले नेपालले पनि यस विषयमा प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिईन । उनले फलाम, तामा, पित्तलका भाँडाकुँडा र दुना टपरी पुन प्रयोग गर्नुपर्ने र सम्मानस्वरूप प्रयोग हुने प्लास्टिक खादाका माला हटाएर फूलको प्रयोगलाई बढावा दिन जरुरी रहेको समेत बताईन ।

उनले भनीन , ‘संयुक्त राष्ट्र संघले प्लाष्टिक प्रदूषण रोक्न विश्व समूदायको ध्यान केन्द्रित गरेको छ । नेपालले पनि यसको नियन्त्रणको लागि अभियान चलाउन आवश्यक छ । हाम्रा पुराना संरचनाहरुलाई जगाउँदै फलाम, तामा, पित्तलका भाँडा र दुना टपरी तथा सम्मानका लागि प्रयोग गरिने खादाका माला हटाइ फुलको प्रयोगमा प्रोत्साहन गरौँ । वातावरणको संरक्षण र दिगो संरक्षणको लागि प्लाष्टिको व्यापक प्रयोग रोक्न आवश्यक छ ।’

पर्यावरण संरक्षण र दिगो विकासका लागि प्लास्टिकको व्यापक प्रयोग रोक्न आवश्यक अपरिहार्य रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?