काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र साहले मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताउदै विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्नेकुरामा सरकार सचेत रहेको जिकिर गरेका छन् । शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताए । सुशासन नारा होइन, काम हो भन्ने हिसावले सरकारले काम गरिरहेको बताए । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै आफूहरु पुरानै बाटोमा नहिँड्ने बताएका छन् । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताएका छन् । डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको जिकिर गरेका छन् ।
प्रधानमन्त्री शाहले भने,‘भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरु अब झन् बलिया छन्, झन् धेरै छन् । विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध छ र हामी पुरानै बाटोमा हिड्ने छैनौं । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ । डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो । युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं । हालैको रसुवा, भोटेकोशी बाढीले पुर्याएको क्षति हाम्रा लागि अकल्पनीय र अपूर्ण रह्यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पुर्याउने सबै मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय समुदाय एवं संघ–संस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरु, आम नागरिक तथा देशवासीहरुप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु । तर धन्यवाद मात्र पर्याप्त छैन, नेपाल विश्वको उच्च विपद जोखिममा भएका मुलुकहरुको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनु अघि नै सामना गर्छौँ, जोखिम न्युनिकरण, पूर्वतयारी र प्रति कार्यमा विशेष जोड दिइनेछ । विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ ।’
प्रधानमन्त्री साहले युवाले सडकमा मागेको सुशासन सरकारले प्रविधिबाट पनि सुनिश्चित गरिरहेको बताएका छन् । रसुवा, भोटेकोशी बाढीले पु¥याएको क्षति रसुवा, भोटेकोशी बाढीले पुर्याएको क्षति अकल्पनिय रहेको बताएका छन् । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताएका छन् । शाह
प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार