Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

संसद झगडा गर्नमा सिमित रह्योः काँग्रेस सांसद भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । संसद मुलुक र जनताको मुद्दाभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा सिमित रहेको उनको भनाइ छ । उनले संसदका जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गरे । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताए । कुनैपनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व समेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने उनको भनाइ छ ।

उनले भने , ‘हामीले कस्ता कुरा संसदमा उठाउने, कस्ता कुरालाई संसदमा महत्व दिने भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा रह्यो । त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ । कुनैपनि केस प्रमाणित हुनुपर्छ । कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ । जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ ।’

संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?