Trending
>>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन >>   मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’ >>   पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल


संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शितल निवासमा शनिवार आयोजित चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले विपत्तिले विकासको अर्थ सडक, पुल र भवन निर्माणमा मात्र सिमित नभएको स्मरण गराएको बताएका छन् । उनले मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि विकासको महत्वपूर्ण पक्ष भएको उल्लेख गरेका छन् । उनले विपत्तिपछिको पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री बनाउनुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले संविधानले लोकतन्त्र, संघीयता र बहुलवादमा आधारित समावेशी नेपाल निर्माणको अवसर प्रदान गरेको बताएका छन् । एकात्मक र केन्द्रिकृत शासन प्रणालीको स्थानमा संघीयता प्राप्त हुनु संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले संघीयतालाई देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनका अनुसार संविधानले राज्यको शासकीय संरचनालाई नयाँ ढंगले स्थापित गर्दै नागरिकलाई इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गर्ने आधार दिएको छ ।

पौडेलले भने, ‘विपत्तिले हामीलाई सम्झाएको छ । विकास केवल सडक, पुल र भवन निर्माण होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो । त्यसैले पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि पुनस्र्थापित गर्नुपर्छ । हाम्रो संविधानले लोकतन्त्र, संघीयता, बहुलवाद र समावेशितामार्फत नागरिकका अधिकार, आशा र आकांक्षालाई संस्थागत गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा प्राप्त संघीयतालाई देश विकासको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न आवश्यक छ । जलवायु परिवर्तनका चुनौतीबीच हाम्रो विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्छ । संविधान कागजमा लेखिएका शब्दहरूको संग्रह मात्र होइन; यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो । यिनै उपलब्धिको जगमा सुखद् र समृद्ध भविष्य निर्माण गर्नुपर्छ ।’

उनले संविधानले दिएका उपलब्धिका आधारमा देशको भविष्यको सुखद् यात्रा सुनिश्चित गर्न सकिने विश्वाससमेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?