Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनका गहनामा लगाएको २ प्रतिशत बिलासिता कर फिर्ता लिन माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद रिजालले उच्च मूल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय बिलासिता करका कारण थप संकटमा पर्ने बताएका हुन् । उनले भारतमा सुन र हिराका गहना नेपालभन्दा ५.७ प्रतिशत सस्ता हुने हुँदा अवैध कारोबार बढ्ने खतरा रहेको समेत बताए । गहना उद्योग धरासायी भएको अवस्थामा न्युन आय भएका नेपालीले गहना खरिद गर्न नसक्ने अवस्था सिर्जना सरकारले गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘उच्च मुल्य वृद्धि र आर्थिक मन्दीका कारण सुस्ताएको सुन व्यवसाय आर्थिक वर्ष २०८२÷८३को बजेट वक्तव्यमार्फत लागु २ प्रतिशत बिलासिता करका कारण थप संकटमा पर्ने देखिन्छ । बिलासिता करका कारण नेपालमा भन्दा भारतमा सुन र हिराको गहनामा ५.७ प्रतिशत सस्तो हुने हुँदा अवैध कारोबार बढ्न सक्ने र नेपाली गहना उद्योग धरासायी भएको हुँदा न्युन आय नेपाली नागरिकले सुनका गहना लाउन नपाउने देखिएको छ । नेपालको धर्म संस्कृति र पर्यटनमा समेत यसले ठुलो असर पार्ने देखिन्छ । त्यसकारण सुनका गहनामा लगाइएको बिलासिता कर फिर्ता लिन, सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न, राष्ट्र बैंकको कार्यविधि अनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

सांसद रिजालले सरकारले सुन व्यवसायीले माग गर्दै आएको व्यापार निर्देशिका तत्काल जारी गर्न र राष्ट्र बैंकको कार्यविधिअनुसार व्यवसायीलाई सानो परिणामको सुन उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?