Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली


गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताएका छन् । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त भएको आरोप लगाएका छन् । संविधान चलाउने काम भइरहेको भन्दै उहाँले संविधान तोड्नकै लागि गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताएका छन् । अध्यक्ष ओलीले गत भदौमा कसको संलग्नता थियो भन्नेकुरा बिस्तारै खुल्दै गएको बताए । अध्यक्ष ओलीले केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरु सक्रिय रहेको बताएका छन् । गत निर्वाचनमा मौन अवधिभित्र बीबीसीले नेपाललाई झुटो कुरा संप्रेषण गरेर अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस गरेको बताएका छन् ।

अध्यक्ष ओलीले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिको यस्ता तरिकाहरु अवलम्बन भइरहेका छन् । यति व्यापक भएको छ यो तरिका, विधिहीनता, पद्धतिहीनता, नीतिहीनता, अराजकता । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त गर्ने । अराजकताले के ल्याउँछ, हिंसा । अराजकताले के ल्याउँछ, अकर्मण्यता । अराजकताले गैरजिम्मेवारपन ल्याउँछ, अराजकताले दिशाहीनता ल्याउँछ, कुनै बाटो ल्याउँदैन । केही एउटा प्रणाली अन्तर्गत, पद्धति अन्तर्गत चलाउने संविधान, संविधान भनेको देशको मूल कानून, त्यसअनुसार चल्ने चलाउने, लोकतान्त्रिक विधि, प्रक्रिया, प्रणालीबाट चल्ने ती कुराहरुलाई तोड्नका लागि नै गत वर्ष भदौ २३–२४ गतेको षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा । अहिले म को को संलग्न थिए, के के संलग्न थिए, खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्, अहिले मैले धेरै केही भन्नुपर्दैन । केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरु सक्रिय छन् । विभिन्न प्रकारका, देखिएरै गरेका छन्, आश्चर्य लाग्दो गरी गरेका छन् । हामीले देखेका छौँ, मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा संप्रेषण गरेर अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस ग¥यो । यो भन्न अप्ठ्यारो मान्नुपर्दैन । मौन अवधि हामीलाई लाग्थ्यो, बीबीसीलाई लाग्दैनथ्यो । अर्थात आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको त हामीले देख्यौँ । यस्ता अनेक कुराहरु छन् । अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरुले पनि देखाएका छन् । सामाजिक सञ्जालहरुले देखाएका छन्, सञ्चार माध्यमहरुले देखाएका छन् ।’

अध्यक्ष ओलीले आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?