Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

‘भिजिटि भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक छ’


काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद नरबहादुर बिष्टले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्रीको राजीनामाको माग दोहोर्याका हुन् । भिजिट भिसाको आवरणमा मानव तस्करीमा संलग्न नभएको पुष्टि नभएको कारण गृहमन्त्रीमाथि छानबिन हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘समग्र रुपमा मानव बेचबिखनमा संलग्न भएका व्यक्तिहरुलाई एउटा उच्चस्तरीय छानबिन समिति बनाएर तत्काल कारबाही गर्नुपर्छ । गृहमन्त्री पनि निर्दोष भएपछि पुर्नबहालि गरिहाल्नुहुन्छ दोषि हुनुभयो भने जेल जानुहुन्छ । अहिले उहाँ निदोर्ष हुनुहुन्छ भनेर कसरी भन्ने ?’

भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने समेत उनको माग छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?