Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको बताए । उनले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको बताए । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताए ।

सभापति देउवाले भने, ‘०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रश्ताव पनि पारित गरिएको हो । यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुन्छ । यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्नेकुरा विगतका अनुभवहरुले सावित गरिसकेको छ । नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न हाम्रो पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको छ ।’

सभापति देउवाले मुलुकका सबै समस्याहरुको पहिचानसँगै समाधान गर्न नेपाली काँग्रेस मात्रै सक्षम रहेको बताए । जातीय भेदभाव गर्ने व्यक्ति काँग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताए ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?