Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न कर्मचारी संगठनको माग


काठमाडौँ। नेकपा (एमाले) निकट निजामति कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनले तीन वटै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ ।

संगठनको केन्द्रिय कार्यसमितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै संगठनले तीन तहको कर्मचारीलाई निजामति कर्मचारको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको हो ।

संगठनले अघि सारेका मागहरु पूरा नभए चरणवद्ध आन्दोलन अगाडि बढाउने समेत बैठकले निर्णय गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले नेपाल निजामति कर्मचारी संगठनले कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउँदै आएकी बताईन । उनले आफूहरुले नासुहरुको माग पुरा गर्नको लागि मात्र आफूहरु आन्दोलित नभएको स्पष्ट पारीन । उनले संगठनले विगतमा अघि सारेका मागहरु सम्बोधन हुनुपर्ने आफूहरुको माग रहेको बताईन ।

उनले भनीन ,‘नेपाल कर्मचारी निजामति कर्मचारी संगठन कार्यालय सहयोगिदेखि मुख्यसचिवसम्मको आवाज उठाउने संगठन हो । हामीले टे«ड युनियन अधिकार प्राप्त गर्दैगर्दा हामीलाई उपसचिवसम्म दिनेगरी संकल्प प्रश्ताव पारित भएको थियो । आज हामीले कार्यालय सचिवको पनि कुरा उठाउनुपर्छ । मुख्य सचिवको पनि कुरा उठाउनुपर्छ । हामीले आज नासुको कुराको लागि मात्रै आन्दोलन गरेको होइन सबैले स्पष्ट हुुनुपर्छ । हामीले विगतमा उठाएका ८५ बुँदे माग अगाडि सारेर आन्दोलनमा उत्रिएका हौँ । निजामति कर्मचारीको तीन वर्षदेखि तलब बढेको छैन । राष्ट्र बैंकले चार प्रतिशत मंगी बढेको देखाएको छ । हामी यसका विरुद्ध पनि आन्दोलनमा गर्न बाध्य भएका हौँ ।’

कुनैपनि पदमा ५ वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्ष सोभन्दा बढी सेवा गरी योग्यता पुगेका कर्मचारीलाई एक श्रेणी बढुवा गर्नुपर्ने संगठनको माग छ । सरकारले संसदको यही अधिवेशनबाट संघीय निजामति सेवा विधेयक पारित गर्ने तयारी गरेको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?