Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षी दलहरुले अघि सारेका मागहरु कुनैपनि हालतमा पूरा हुन नसक्ने टिप्पणी गरेका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् । उनले गृहमन्त्रीले सार्वजनिक रुपमा उठोका प्रश्नहरुको संसदमा जवाफ दिने भन्दा पनि प्रतिपक्षीहरुले अवसर नदिएको भन्दै आपत्ति जनाए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रतिवेदन सार्वजनिक नभएसम्म कुनैपनि छानबिन समिति नबन्ने जिकिर गरे । संवैधानिक आयोगभन्दा ठूलो कुनैपनि छानबिन समिति हुन नसक्ने उनको भनाइ छ । बर्तौलाले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानबिन समिति पनि नबन्ने उल्लेख गर्दै प्रतिपक्षीहरु पछि हटेर संसदको गतिरोध खुलाउन भुमिका खेल्नुपर्ने बताए ।

उनले भने , ‘जबसम्म संवैधानिक आयोगले गरिरहेको छानबिनको प्रतिवेदन आउँदैन तबसम्म कुनैपनि समिति बन्ने स्थिति देखिदैन । माननीय गृहमन्त्रीज्यूका बारेमा सार्वजनिक रुपमा कसैले प्रश्न गर्यो । त्यसको जवाफ संसदबाट दिन्छु भनेर उहाँले पटक पटक भनिरहनुभएको छ । त्यो अवसर अपोजिसनले दिइरहनुभएको छैन । गृहमन्त्रीको राजीनामा पनि हुनेकुरा छैन । अहिले उहाँले भनेजस्तो कुनै समिति बन्ने कुरा पनि हुन सक्दैन । उहाँहरुले अघि सारेका मागबाट पछि हटेर संसदको गतिरोध खुलाउन भूमिका खेल्नुपर्छ ।’

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जानेहरुबाट रकम असुली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीर्थ भट्टराई सहितका कर्मचारीहरुमाथि अनुसन्धान थालेपछि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?