Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) पटक–पटक बन्द हुने आरोप लगाएका हुन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो आरोप लगाएका हुन् । सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताए । उनले पछिल्लो समय विकसित भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारतिर पाठ्यक्रम बनाउन ढिला गर्न नहुने बताए । उनले विश्वबजारमा प्रतिष्पर्धा गर्नसक्ने सक्षम जनशक्ति विकास हुनेगरी विश्वविद्यालयको सुधार गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवार र कर्तव्यहिन सरकारका कारण शिक्षा क्षेत्र ध्वस्त भएको उल्लेख गर्दै रुलिङ गर्न माग गरे ।

उनले भने, ‘सरकार छ, मन्त्रालयहरु छन्, विज्ञहरु छन् । त्रिभूवन विश्वविद्यालय सधैँ बन्द किन भइरहन्छ ? किन सरकारले खोल्न सक्दैन ? विश्वविद्यालयले नयाँ कार्यक्रमहरु ल्याउन सक्दैन ? हाम्रा विद्यार्थीहरुले फार्मेसी, इन्जिनियरिङ पारामेडिकल लगायतका विषयहरु पढ्न चाहन्छ । हामी त्यस्ता कार्यक्रमहरु किन ल्याउन सक्दैनौं ? सरकारले यसको बारेमा किन काम गर्दैन ? यो आजको सबैभन्दा ठूलो सवाल हो । यहाँ सबै युवाहरु पलायन हुन भनेर दलालहरुसँग मिलेर कुनैपनि कार्यक्रमहरु ल्याइदैनन् सभामुख महोदय ।’

उनले सबै प्रकारको पेसामा आधारित शिक्षा सार्वजनिक विश्वविद्यालयबाटै दिएर आर्थिक कमजोरीका कारण पढ्न नपाउन अवस्था अन्त्य गर्नुपर्ने बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?