Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गरेकी हुन् । उनले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन । सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाइन ।

उनले भनिन, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अमस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो । जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो ? त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’

सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उनको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गरिन ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?