Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राखेको भन्दै काँग्रेस सांसद थानीको आपत्ति


काठमाडौँ। नेपाली काँग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयकलाई संसदीय समितिलाई थन्क्याएर राखेका भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद थानीले संसदीय उपसमितिले गत पुस ४ गते नै पारित गरेर बुझाएको विधेयकमाथि मुल समितिमा छलफल नगरिएको भन्दै आपत्ति जनाएका हुन् । अहिले अख्तियारसम्बन्धी विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । सांसद थानीले सँगै ल्याइएको भ्रष्टाचारसम्बन्धी विधेयकले कानूनको रुप लिईसक्दा पनि अख्तियारसम्बन्धी विधेयक थन्क्याएर राख्नुको कारण के हो ? भन्दै प्रश्न गरे।

उनले भने, ‘मुलुकमा ठुला ठुला भ्रष्टाचारहरु नीतिगत निर्णयका माध्यमबाट हुने अख्तियारको सर्वेक्षण र दाबी र ऐनमा पनि नीतिगत निर्णयको व्याख्या गरिदिन बारम्बार अनुरोध गरेको परिप्रक्ष्यमा यदि नीतिगत निर्णयको व्याख्याकै कारण उक्त विधेयक रोकिएको हो भने मुलुकका लागि कदापि राम्रो हुदैन । विधेयकमाथि छलफल गराउन सकारलाई रुलिङ गराउन सभामुखसँग अनुरोध गर्दछु । ’

उनले विधेयकमाथि छलफल गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?