Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् । मन्त्री सुडीका अनुसार हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको पनि जानकारी दिए । उनले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताए । पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको बताए । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

उनले भने, ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको छ । हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको छ । मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको छ । सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको छ । पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको छ । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको छ । वित्तीय हस्तान्तरण भई प्रदेश र स्थानीय तहमा गएको बजेट बाहेक राष्ट्रिय अपाङ्ग कोषमा विनियोजन भएको बजेट ४० लाखबाट २७२ थान सहायक सामग्री उत्पादन भई वितरण कार्य सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशीको लागि कार्यसहमति ५२ वटा, श्रम स्वीकृति ५२, गैरपर्यटक भिसा ४४, आयात इजाजत २२ वटा र ३ वटा भन्सार छुट सिफारिस गरिएको छ । समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत भएको छ ।’

मन्त्री सुडीका अनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?