Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः नेता गजुरेल


काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् ।

ललितपुरमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए । बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरु बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ ।

उनले भने, ‘नेपाली काँग्रेसको एजेण्डामै बाबुराम र प्रचण्ड अहिले पनि हिँडिरहेका छन् । अहिले प्राप्त भएको जुन लोकतान्त्रिक गणतन्त्र छ, लाकेतान्त्रिक गणतन्त्र नै हाम्रो लागि अभिष्ट हो । यसलाई बचाउनका निम्ति अघि बढ्नुपर्छ भनेका छन् । अहिले जनगणतन्त्र आएको छैन । यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको गणतन्त्र हो । यसले देशमा विकास गर्दैन । बुर्जुवा गणतन्त्रका लागि हामी लडेका थिएनौँ ।’

नेता गजुरेलले प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन नसकेको बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?