Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

संसद अब त खुल्नुपर्ने होः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताएका छन् ।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए । उनले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गरे ।

सभापति देउवाले भने, ‘काँग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरुलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुशी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ? कतिपय कुराहरुमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गरे ।


प्रकाशित मिति: २२ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?