Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गरे । उनले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताए । मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उनको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उनको जिकिर छ ।

उनले भने, ‘धेरै वर्षदेखि हामीले घाटाको बजेट प्रश्तुत गर्दै आइरहेका छौँ । र घाटाको बजेटको पनि अनुपातमा वृद्धि भएको छ । अर्थमन्त्रीज्यूले यथार्थपरक बजेट ल्याएको भन्नुभएको छ । तर घाटाको अनुपात बढेको देखिन्छ । अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुनु हुदैन भनिन्छ । तर हामी ३० प्रतिशतभन्दा बढी घाटामा गइसक्यौँ । बजेटले गरेको उत्पाद र रोजगारी सिर्जनाको वृद्धि गर्ने कुरा पनि म सम्भव देख्दिन । किनभने रोजगारी सिर्जना गर्ने क्षेत्रहरु कृषि, उद्योग, पर्यटन, उर्जा र श्रमहरुमा अनुपातिक रुपमा बजेट घटेको छ । चालु वर्षको हिसाबले हेर्दापनि धेरै कम छ । ’

उत्पादक क्षेत्रको बजेट कटौति गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै उनले अर्थमन्त्रीको आलोचना पनि गरे ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?