Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले बजेटमा घाटाको अनुपात बढेको तथा उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरिएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले विगत लामो समय देखि घाटाको बजेट प्रश्तुत हुँदै आएको उल्लेख गरे । उनले अर्थमन्त्रीले मुलुकको यथार्थमा टेकेर बजेट ल्याएको भनेपनि घाटाको अनुपात बढेको बताए । मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुन नहुने भएपनि नेपाल ३० प्रतिशत घाटामा गइसकेको उनको जिकिर छ । कृषि, उद्योग, पर्यटन, उर्जा लगायतका क्षेत्रमा बजेट कटौति गरेकै कारण उत्पादन र रोजगारी सिर्जनामा वृद्धि गर्ने कुरा सम्भव नहुने उनको जिकिर छ ।

उनले भने, ‘धेरै वर्षदेखि हामीले घाटाको बजेट प्रश्तुत गर्दै आइरहेका छौँ । र घाटाको बजेटको पनि अनुपातमा वृद्धि भएको छ । अर्थमन्त्रीज्यूले यथार्थपरक बजेट ल्याएको भन्नुभएको छ । तर घाटाको अनुपात बढेको देखिन्छ । अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी घाटा हुनु हुदैन भनिन्छ । तर हामी ३० प्रतिशतभन्दा बढी घाटामा गइसक्यौँ । बजेटले गरेको उत्पाद र रोजगारी सिर्जनाको वृद्धि गर्ने कुरा पनि म सम्भव देख्दिन । किनभने रोजगारी सिर्जना गर्ने क्षेत्रहरु कृषि, उद्योग, पर्यटन, उर्जा र श्रमहरुमा अनुपातिक रुपमा बजेट घटेको छ । चालु वर्षको हिसाबले हेर्दापनि धेरै कम छ । ’

उत्पादक क्षेत्रको बजेट कटौति गरेर अनुपात्दक क्षेत्रमा बजेट खन्याएको भन्दै उनले अर्थमन्त्रीको आलोचना पनि गरे ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?