Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

राजनिति


सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शुरु भएको छ । बैठक शुक्रवार बिहान चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको हो । बैठकमा पाँच सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गर्ने

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल

काठमाडौँ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद

रास्वपाको विस्तारित बैठक भोलिदेखि, पार्टीको अगामी रणनीति तय गर्ने मुख्य एजेण्डा

चितवन। चितवनको सौराहामा शुक्रवारदेखि शुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकको तयारी पूरा भएको छ । बिहीवार चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै विस्तारित बैठकको तयारी पूरा भएको पार्टीले जनाएको छ । पार्टीको आगामी रणनीति तय गर्न भोलिदेखि सुरु हुने बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने पार्टी सचिवालय सदस्य

कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र छ: महासचिव चन्द

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै सरकार गठनका पछाडि षड्यन्त्र लुकेको

रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताएका छन् । ती शक्तिहरुसँग

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधि सभा विघटन गरियोः ओली

काठमाडौँ। एमाले अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्  । बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै  अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत

एकतामा बल पुर्याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल

काठमाडौँ। एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग केही कुरामा फरकमत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सो

मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्छौंः घनश्याम भुसाल

काठमाडौँ। माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असन्तुष्ट रहनुभएका नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताएका छन् । काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो जानकारी दिएका हुन् । पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उनको भनाई छ । केन्द्रिय समितिको बहुसंख्याले

गणपूरक पुग्दा पनि किन बसेन विधायन समितिको बैठक ?

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । समितिको बैठक बुधवार बोलाइएको थियो । तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरुको सहभागीतामा बैठक बस्नेगरी स्थगित गरिएको

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा झलनाथ खनाल पनि सहभागी

काठमाडौँ। पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी भएका छन् । नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उहाँले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए

सम्वन्धित समाचारहरु