Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद


आन्तरिक एकता विना नेपाली काँग्रेस शक्तिशाली बन्न सक्दैनः नेता साउद

काठमाडौँ। नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्रका सबै पक्षबीच राजनीतिक एकता कायम नभएसम्म नेपाली काँग्रेस प्रभावकारी र शक्तिशाली बन्न नसक्ने टिप्पणी गरेका छन् ।

बीपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीको विशेष महाधिवेशनमा सहभागी भएका र नभएका दुवै पक्षलाई भावनात्मक रूपमा एकतावद्ध बनाउनु नेतृत्वको मुख्य दायित्व भएको उल्लेख गरेका छन् । उनले संस्थापन इतर समूहमा रहेका नेता–कार्यकर्ताहरू कसैका ‘लाश र दास’ नभई नेपाली काँग्रेसको विचार र सिद्धान्तका असली भरोसा र विश्वास भएको दाबी गरेका छन् । मुलुकका विद्यमान चुनौतीहरूको सामना गर्न पार्टीलाई बलियो र एकतावद्ध बनाउनु अपरिहार्य रहेको चर्चा गर्दै उनले यसका लागि संस्थापन पक्षले नै अभिभावकीय भुमिका र अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् । पार्टी निर्माणमा लामो समय योगदान दिएका, जेलनेल भोगेका र संघर्ष गरेका पुराना नेता–कार्यकर्ताहरूलाई पाखा लगाएर पार्टीको विरासत जोगाउन नसकिने उनको तर्क छ ।

उनले भने, ‘ निर्वाचन आयोगको निर्णय र अदालतले विषेश महाधिवेशनलाई मान्यता दिने निर्णय गरेपनि जबसम्म राजनीतिक रूपमा विशेष अधिवेशनमा भाग लिने कांग्रेस र नलिने कांग्रेसलाई एक बनाएर अगाडि बढ्न सक्दैनौँ तबसम्म मुलुकका चुनौतीहरूलाई नेपाली कांग्रेस सामना गर्न सक्दैन । मुलुकको चुनौतीहरूलाई सामना गर्ने शक्तिशाली मियो नेपाली कांग्रेस बन्न सक्दैन । यही कुरालाई दृष्टिगत गरेर पार्टी एकताको माध्यमबाट मुलुककै राजनीतिलाई रूपान्तरण गर्ने गरेर अगाडि बढ्नुपर्छ भनेर हामी अगाडि बढिरेहका छौँ । आज यहाँ ठुलो जत्था छ । पार्टी कार्यालय जाने साथीहरुले कार्यालयमा जाने २० प्रतिशत मान्छे मात्रै पुराना देख्छौँ, बाँकी मान्छेलाई त हामी चिन्दैनौँ भन्दै हुनुहुन्थ्यो । आज मलाई यो कुरामा खुसि लागेको छ कि यो सानो कुनामा बसेको भएपनि ८० प्रतिशत मान्छे जेल गएको, दुःख पाएको, पार्टी निर्माणको लाठी खाएको, पार्टीको जिम्मेवारी बोकेको, पार्टीका लागि भविष्यमा पनि संघर्ष गर्ने साथीहरू यहाँ उपस्थित हुनुहुन्छ । त्यसकारण म विशेष महाधिवेशनबाट नेतृत्व भएकामा गएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित साथीहरू दास र लास होइनन्, यी भरोसा र विश्वास हुन् । यो नेपाली कांग्रेसका विचारका, सिद्धान्तका भरोसा र विश्वासहरू हुन् । जबसम्म तपाईंहरूले सच्चिएर, तपाईंहरूले सबैले मिल्नुपर्छ, मिलेर मात्रै लडाइँ जित्न सकिन्छ भन्ने मान्यता लिएर तपाईंहरू अगाडि बढ्न सक्नुहुन्न, तबसम्म नेपाली काँग्रेस प्रभावकारी बलियो पार्टीका रूपमा स्थापित हुन सक्दैन । नेपाली कांग्रेसको इतिहास र विरासतलाई पन्छाएर ७ सालको क्रान्ति पन्छाएर पञ्चायत फ्याँकेको पन्छाएर राजा फ्याँकेको पन्छाएर विरासत कायम राख्न सकिँदैन । यहाँ उपस्थित नेताहरू व्यक्ति मात्रै होइन, सबैसँग जेल गएको, बलिदान गरेको, योगदान गरेको इतिहास छ । त्यसलाई पन्छाएर वास्तवमा नेपाली काँग्रेस बलियो हुन सक्दैन । तपाईंहरूले खुला हृदयले जबसम्म पार्टी एकताका लागि विशेष अधिवेशनमा नगएको पक्ष र गएको पक्षका बीचमा एकता गर्ने कुरामा पहलकदमी गर्न सक्नुहुन्न, तबसम्म नेपाली काँग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा रहने कुरामा अहिले पनि जोखिम छ ।’

उनले वि.सं. २००७ सालको क्रान्ति, पञ्चायत विरुद्धको आन्दोलन र राजतन्त्र अन्त्यका लागि काँग्रेसले खेलेको ऐतिहासिक भुमिका र बलिदानलाई बिर्सन नहुने बताएका छन् । नेतृत्वले खुला हृदयका साथ पार्टी एकताका लागि पहलकदमी नलिए नेपाली काँग्रेस इतिहासको सान्दर्भिक पार्टीका रूपमा मात्र खुम्चिने जोखिम रहेको उहाँले चेतावनी दिएका छन् । पार्टीको ऐतिहासिक गरिमा र विरासत कायम राख्न नेतृत्वले सबैलाई मिलाएर लैजाने संकल्प गर्नुपर्नेमा उनको विशेष जोड छ ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?