Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का


राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का

काठमाडौँ। नेपाली काँग्रेसका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले सरकारको कार्यशैली अराजकता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाएका छन् । उनले संसदमार्फत पारित भएको विषय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उल्ट्याउने अभ्यासले संवैधानिक प्रणामीमाथि चुनौती सिर्जना गरेको बताएका छन् । उनले यी सबै कुरालाई गम्भीरतापूर्वक लिएर पार्टीको सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताएका छन् । उनले पार्टी सभापति गगनकुमार थापाको इच्छाबिना पार्टी एकता सम्भव नहुने समेत स्पष्ट पारे । उनले पार्टी एकताको लागि आफूहरु तयार नभएको भनि फैल्याएको भ्रममा विश्वास नगर्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनले भने, ‘अहिलेको देशको राष्ट्रियता इतिहासकै ठूलो संकटमा छ । संविधान संकटमा छ । जनताले पाएका अधिकारहरु, संघियताहरुलाई ललकार्ने काम भइराको छ । लोकतन्त्रलाई ललकार्ने काम भइराको छ । प्रधानमन्त्री बालेन शाहजी संसदले पास गरेको करलाई फेसबुकबाट निर्णय उल्ट्याउँदै हुनुहुन्छ । कहाँ पुग्दैछ देश ? संसदले पास गरेको करलाई प्रधानमन्त्रीले फेसबुकबाट सच्याई दिनु भयो । यसरि देश कहाँ पुग्छ । योभन्दा ठूलो अराजकता, योभन्दा ठूलो निरंकुशता, योभन्दा ठूलो अधिनायकवाद तिरको अग्रसरता अरु हुन सक्दैन । यी राष्ट्रियताको संकट मडारिएको, आकाशमा मडारिएको चौबिसै घण्टा मडारिएको कालो बादलका संकेतहरु हुन् । हो त्यसैले यी सबै कुरा प्रति हामी जिम्मेवार बनौँ ।’

उनले पार्टी यस्तै अवस्थाबाट चल्न नसक्ने भन्दै राष्ट्रिय भेलामार्फत उचित निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?