Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने


प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने

काठमाडौँ। प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ ।

मंगलवार बसेको संसदीय सुनुवाई समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रश्तावित कार्कीविरुद्ध परेको उजुरी खोलेको हो । प्रश्तावित निर्वाचन आयुक्त द्वय गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाविरुद्ध कुनै उजुरी नपरेको समिति सभापति वोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । उनकाअनुसार संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक सूचना जारी गरी १० दिनभित्र उजुरी मागिएकोमा प्रमुख निर्वाचन आयुक्तका प्रश्तावित कार्कीविरुद्ध एउटा मात्र उजुरी प्राप्त भएको हो । समितिलाई सुनुवाई प्रक्रियासम्बन्धी एउटा सुझाव पनि प्राप्त भएको उनले जानकारी दिएका छन् । समितिले संसदीय सुनुवाई समितिको कार्यविधि, २०८३ को दफा १६ बमोजिम कार्कीविरुद्ध प्राप्त उजुरी खोल्ने प्रश्ताव अनुमोदन गर्दै उजुरी सदस्यहरूलाई वितरण गरेको छ । सभापति श्रेष्ठकाअनुसार पाल्पाको तानसेन–९ निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराएका छन । उजुरीकर्ताले आफ्नो परिचय गोप्य नराख्न आग्रह नगरेको सभापति श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी, ललितपुरका उज्वलकृष्ण श्रेष्ठले सुनुवाई प्रक्रियामा बहुमत–अल्पमतको सट्टा गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएको उनले बताएका छन् । प्रश्तावित पदका लागि आवश्यक संख्याअनुसार मात्रै नाम सिफारिस भएकाले गोलाप्रथाको प्रश्ताव सान्दर्भिक नभएको उनले बताएका छन् ।

उनले भने, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदका लागि प्रश्तावित श्री मानबहादुर कार्की मोरङ र निर्वाचन आयुक्तको पदका लागि प्रश्तावित श्री गुरुप्रसाद वाग्ले ओखलढुङ्गा एवं डाक्टर राजीव सुब्बा काठमाडौंलाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित शिष्ट र मर्यादित भाषामा समिति समक्ष १० दिनभित्र सूचना दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरिएकोमा उक्त समय अवधिभित्र निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा प्रश्तावित मानबहादुर कार्कीका सम्बन्धमा एउटा उजुरीको सूचना प्राप्त हुन आएको छ । निर्वाचन आयुक्तको पदमा प्रस्तावित व्यक्तिहरू गुरुप्रसाद वाग्ले एवं डाक्टर राजीव सुब्बाको सम्बन्धमा कुनै पनि उजुरीको सूचना प्राप्त नभएको तथा सुनुवाइ समितिले गर्ने निर्णय प्रक्रियाका सम्बन्धमा थप एकवटा सुझावसमेत समितिमा प्राप्त भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

समितिले प्राप्त उजुरीमाथि छलफल, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने, प्रस्तावित व्यक्तिहरूसँग छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका तीनै प्रश्तावित व्यक्तिको सुनुवाईका लागि साउन १२ र १३ गतेको समय निर्धारण गरेको छ । सभापति श्रेष्ठकाअनुसार साउन १२ गते दुई जना आयुक्त र १३ गते प्रमुख आयुक्तको सुनुवाई गर्ने कार्यतालिका तय गरिएको छ । असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले आयोगको प्रमुख आयुक्तमा कार्की र आयुक्तहरुमा वाग्ले र सुब्बाको नाम सुनुवाईको लागि प्रश्ताव गरेको थियो ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?