Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान


काठमाडौँ। नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले राष्ट्रिय भेलाको घोषणा गरेको हो । काठमाडौंमा जारी भेलालाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने बताएका छन् । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उनले जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भएपनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सबैले हामीले निर्णय गर्न ढिला ग¥यौं भनेर भन्नुहुन्छ । त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो आज हामीले निर्णय गरेका छौँ आज श्रावण ६ गते चयो । आजको ठिक २३ दिनपछि २९ गतेमा हाम्रो चाहिँ राष्ट्रिय भेला हुन्छ । विशेष महाधिवेशनवालाहरूले पार्टीलाई चाहिँ कब्जा गरिसकेपछि सातै प्रदेशमा भेला भयो । अब राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा भएको छ ।’ उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु निरन्तर लागि परेको भएपनि संस्थापन पक्षको व्यक्तिवादी सोच र स्वार्थका कारण सफल हुन नसकेको तर्क पनि गरेका छन् ।

काठमाडौँ। नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ ।

पार्टीको संस्थापन इतरपक्षले नयाँ पार्टी निर्माण गर्न भन्दै राष्ट्रिय भेलाको घोषणा गरेको हो । वीपी स्मृति दिवसको छुट्टै भेला गरेको उक्त पक्षले राष्ट्रिय भेलाको घोषणा गरेको हो । काठमाडौंमा जारी भेलालाई सम्बोधान गर्दै नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने बताएका छन् । सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको इतर पक्षको राष्ट्रिय भेला काठमाडौंमा हुने समेत उनले जानकारी दिए। उनले पार्टीको १५औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भएपनि पार्टी संस्थापन व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाएका छन् ।

उनले भने, ‘सबैले हामीले निर्णय गर्न ढिला ग¥यौं भनेर भन्नुहुन्छ । त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो आज हामीले निर्णय गरेका छौँ आज श्रावण ६ गते चयो । आजको ठिक २३ दिनपछि २९ गतेमा हाम्रो चाहिँ राष्ट्रिय भेला हुन्छ । विशेष महाधिवेशनवालाहरूले पार्टीलाई चाहिँ कब्जा गरिसकेपछि सातै प्रदेशमा भेला भयो । अब राष्ट्रिय भेला गरेर अनि आफ्नो बाटो चाहिँ लिने भन्ने कुरा भएको छ ।’

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु निरन्तर लागि परेको भएपनि संस्थापन पक्षको व्यक्तिवादी सोच र स्वार्थका कारण सफल हुन नसकेको तर्क पनि गरेका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?