Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

लोकतन्त्रको मर्म नबुझ्नेहरु शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव


लोकतन्त्रको मर्म नबुझ्नेहरु शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

काठमाडौँ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरु अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाए । पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताए । अन्तर्राष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण (प्याराडाइम सिफ्ट) गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ । उहाँले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप समेत लगाएका छन् ।

पूर्वराष्ट्रपति यादवले भने, ‘मलाई लागेको के हो भने अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन् । संविधानको कुरा होस् वा नहोस्, अर्थमन्त्रीले संघीयता खत्तम गर् भनेर बोल्छन् । यसले फेरि प्यान्डोरा बक्स खोलेर राणाकालीन सोच फर्काउने, देशलाई बर्बाद गर्ने खतरा देखिन्छ । हामीले विद्वान भनेर विश्वास गरेका व्यक्तिहरू, युएनडीपीमा काम गरेका, ठूलो शिक्षा हासिल गरेका भनेर प्याराडाइम सिफ्ट गर्ने अपेक्षा गरेका मानिसहरू नै संघीयता खत्तम गर्ने कुरा गर्छन् भने त्यो देशका लागि गम्भीर समस्या हो । संघीयतासँगै धेरै कुरा जोडिएका छन्, त्यसैले यसलाई हल्का रूपमा लिन मिल्दैन ।’

संघीयतासँग धेरै पक्षहरू जोडिएको स्मरण गराउँदै उनले प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?