Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ


काठमाडौं। नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका छन् । उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे । उनले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पारेका छन् । उनले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गरेका छन् । वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भुमिकामा रहने उनको भनाइ छ । उनले भने, ‘प्रदेश सरकामा अहिले समस्याहरु देखापरेको छ, त्यो नेपाली काँग्र्रेसको आन्तरिक समस्याको कारणले सिर्जना भएको हो । यो खटपट अब धेरै नजाला, यसको छिट्टै समाधान होला । काँग्रेसभित्र केही आन्तरिक सहमति होलान्, सहमति हुँदैन भने हामी अहिले तुरुन्तै अरु कसैसँग हात मिलाउने भन्दापनि वर्तमान सरकारलाई जोगाउने ठाउँमा उभिन्छौँ, अहिलेको सरकार जोगिएनन् भने हामी सरकारको निरन्तरतामा रहँदैनौ । अरु क–कसको बन्छ, बनोस्, हामी सरकारका रहँदैनौ, अरु पार्टीहरुको बीचमा सरकार बन्न सक्छ ।’ वर्तमान सरकार नरहेको खण्डमा एमाले बाहेकको सरकार प्रदेशमा बन्नसक्ने बताएका छन् । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस–एमालेबीचको सत्ता समिकरण अन्योलमा परेको छ । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर साहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् भने कर्णालीमा काँग्रेसका सांसदहरुले मुख्यमन्त्री यमलाल कँडेल विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गराएका छन् ।

काठमाडौं। नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका छन् । उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गरे । उनले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पारेका छन् । उनले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गरेका छन् । वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भुमिकामा रहने उनको भनाइ छ ।

उनले भने, ‘प्रदेश सरकामा अहिले समस्याहरु देखापरेको छ, त्यो नेपाली काँग्र्रेसको आन्तरिक समस्याको कारणले सिर्जना भएको हो । यो खटपट अब धेरै नजाला, यसको छिट्टै समाधान होला । काँग्रेसभित्र केही आन्तरिक सहमति होलान्, सहमति हुँदैन भने हामी अहिले तुरुन्तै अरु कसैसँग हात मिलाउने भन्दापनि वर्तमान सरकारलाई जोगाउने ठाउँमा उभिन्छौँ, अहिलेको सरकार जोगिएनन् भने हामी सरकारको निरन्तरतामा रहँदैनौ । अरु क–कसको बन्छ, बनोस्, हामी सरकारका रहँदैनौ, अरु पार्टीहरुको बीचमा सरकार बन्न सक्छ ।’

वर्तमान सरकार नरहेको खण्डमा एमाले बाहेकको सरकार प्रदेशमा बन्नसक्ने बताएका छन् । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस–एमालेबीचको सत्ता समिकरण अन्योलमा परेको छ । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर साहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् भने कर्णालीमा काँग्रेसका सांसदहरुले मुख्यमन्त्री यमलाल कँडेल विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गराएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?