Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री बालेन्द्रलाई दम्भ र अहंकार त्याग्न नेता सिटौलाको चेतावनी


प्रधानमन्त्रीलाई दम्भ र अहंकार त्याग्न नेता सिटौलाको चेतावनी

काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् ।

वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले एक्लै हिँडने राजनीति नगर्न प्रधानमन्त्री साहलाई आग्रह गरेका छन् । उनले जेन–जी आन्दोलनको क्रममा काँग्रेसमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएपनि उक्त घटनाले काँग्रेसको चेतना र ऊर्जा थप बलियो बनाएको बताएका छन् । उनले विशेष महाधिवेशनको नाममा देशभित्रकै विभिन्न शक्तिहरुले काँग्रेसलाई कमजोर बनाएको टिप्पणी पनि गरेका छन् । उनले गत वर्षको भदौ–२४ को रापताप अझै निभिनसकेको भन्दै मुलुकमा अर्को राजनीतिक जागरण आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘ म आज वीपीलाई सम्झेर प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु, तपाईंहरू धेरै दम्भ र अहंकार लिएर नहिँड्नुस् । म यो प्रधानमन्त्रीलाई भन्न चाहन्छु, वीपीलाई सम्झेर, वीपीलाई साक्षी राखेर भन्न चाहन्छु, शशांक कोईरालाले वीपीको विचार मर्न दिन्न भन्नुभएको रहेछ । वीपीको विचारलाई उहाँले जीवन्त राख्नुभएको छ । उहाँले यो सानो कुरा होइन । यो विचारलाई साक्षी राखेर भन्न चाहन्छु, एक्लै हिँड्ने दम्भ नगर्नुस् ठक्कर लाग्ला । ठक्कर लागेपछि उठाउने कोही हुँदैन । त्यस्तै परेमा उठाउन फेरि हामी नै आउनुपर्ला तपाईंलाई पनि । किनकि हामीमा नेपाली काँग्रेसको राजनीतिक रगत छ । हामीमा संस्कार छ । हाम्रा घरमा आगलागी भयो, तोडफोड भयो, लुटपाट भयो तर काँग्रेस डरायो भनेर कसैले नसम्झे हुन्छ । त्यो घटनाले हाम्रो चेतना अझै जागरण भएको छ । नयाँ स्फूर्ति आएको छ हामीलाई । विशेष महाधिवेशनबाट कांग्रेस छिन्नभिन्न गराई हाल्यौँ भनेर नभन्नुस् । जहाँबाट गराएपनि देश गम्भीर संकटमा छ भनेर मात्र पुग्दैन । यसको लागि लड्नुपर्छ ।’

उनले पार्टीलाई एकतावद्ध हुन नदिन संस्थापन पक्षले अनेक चलखेल गरिरहेको समेत उनको आरोप छ ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?