Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा


बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप–प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाको रुपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताएका छन् । उनले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझैपनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘केही दिन अगाडि गणेश नेपालीको आत्मदाहको घटना भयो । कतिपयलाई लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली काँग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाको रुपमा जबरजस्त उठाउनेछ । तर हामीले साच्यौँ प्रेम आचार्यले पुराना भनिएका दलहरुको पालामा, हाम्रो पालामा यद्यपि नयाँ भनिएकै दलका साथि गृहमन्त्री पनि हुनुहुन्थ्यो । त्यही बेलामा आत्मदाह गर्नुभयो । आखिर हिजो किन त्यसो भयो ? आज पनि कि त्यसो हुँदैछ । हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे ? अहिले पनि फेरि निराशा किन बढ्दैछ । त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन । यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिदैँछ ? यस निराशासँग जुध्नको लागि सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनु पनि छ ।’

उपसभापति शर्माले पुराना राजनीतिक दलहरुको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?