काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् दुई तिहाईको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने उनको जिकिर छ । वर्तमान
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउदै राजावादीहरु सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गरेका छन् ।
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउदै आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको बताउदै पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौति समेत दिएका
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउदै वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बताए । उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं
काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराएका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउदै यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको
काठमाडौ। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलको लागि
काठमाडौँ। कानूनविद् काशीराज दाहालले संवैधानिक आयोगमार्फत राज्य निकायमा ल्याउन खोजिएको वर्ग आउन नसकेको बताएका छन् । उनले संवैधानिक आयोगहरु राजनीतिक नेतृत्वको आफन्त भर्ती केन्द्र भएको बताउंदै आयोगहरुको वर्गिकरण गरेर पुनः परिभाषित गर्न जरुरी रहेको र मुलुकमा समावेशीकरणको अभ्यास गर्नको लागि आयोगहरु स्थापना गर्ने ढंग नै नपुगेको बताएका छन् । उनले
काठमाडौँ। अधिवक्ता रामनारायण बिडारीले संसदकै कमजोरीको कारण आयोगहरुले प्रभावकारी काम गर्न नसकेको बताउदै राजनीतिक दलहरुले आफूले भनेको टेर्नेलाई मात्र पदाधिकारी राख्दा आयोगहरु समस्याग्रस्त रहेको बताउनु बताएका छन् । बिडारीले राजनीतिक दलबाट आयोगमा गइसकेपछि पदाधिकारी निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । उनले संसदले संवैधानिक आयोगहरुको अनुगमन गर्नसक्ने अधिकार दिएको भएपनि
काठमाडौँ। राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले सरकारले संवैधानिक आयोगहरुलाई हेर्न दृष्टिकोण नै नकारात्मक रहेको बताएका छन् ।सरकारलाई नै संवैधानिक आयोगहरु अनावश्यक लाग्न थालेको उनको भनाइ छ । आयोगहरुको पुनरावलोकन राष्ट्रिय आवश्यकता र आयोगहरुको औचित्यका हिसावले गर्नुपर्ने बताएका छन् । उनले मुलुकमा समावेशीतालाई थप बलियो बनाउन आयोगहरुको स्थापना गरिएको