Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्य संरचनागत प्रणाली संविधानको मान्यताविपरित रहेको टिप्पणी गर्नुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले संरचनागत प्रणालीको कमजोरीकै कारण बजेट कार्यान्वयनमा चुनौती रहेको बताए । उनले अगामी आर्थिक वर्षको बजेटले गरिबी घटाउने नभई बढाउने समेत टिप्पणी गर्दै उनले संविधानको उद्देश्य सामाजिक न्याय भए पनि बजेटले सम्पत्तिको न्यायोचित वितरण गर्न नसकेको बताए । महासचिव शर्माले संविधान संशोधन गरेर राज्य संरचनाअनुरूप नभए संरचनाहरू संविधानअनुरूप बनाउनुपर्ने बताएका छन् ।

उनले बजेट आउँदा हरेक वर्ष प्रशंसा हुने गरे पनि ती बजेटको सफल कार्यान्वयन हुन नसकेको बताउंदै मुलुकमा विद्यमान कतिपय कानुनहरू अझै पनि विकास विरोधी रहेको उल्लेख गरे । उनले ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने विकास विरोधी कानूनहरूकै कारण सफल हुन नसकेको बताउदै बजेटको सफल कार्यान्वयन गर्नको लागि कानूनी सुधार आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘गरिबीलाई पुर्ने हो कि बढाउने हो भन्दा बढ्नेतिर जान्छ यो बजेट । गरिबी पुरिँदैन । जब गरिबीको खाडल बढ्छ भने हाम्रो अर्थतन्त्र सफल हुन्छ त ? हाम्रो बजेट सफल हुन्छ त ? हामीले गरिबीको खाडल पुर्नेतिर लाग्नुर्पयो नि । संविधानको उद्देश्य त सामाजिक न्याय हो नि त । सम्पतीको न्यायोचित वितरणको कुरा हो नि त । अहिलेका हाम्रा समग्र संरचनाहरू संविधानको मान्यताअनुसार छँदै छैनन् । यो त गम्भीर प्रश्न हो । कि त संविधान संशोधन गरेर संरचनाअनुरूप बनाऔँ कि त संविधान अनुरूप संरचना बनाऔँ । बजेटहरू आउँदा हिजो पनि प्रशंसाहरू हुने गथ्र्यो, आज पनि भइरहेकै छ । आज पनि कानूनहरू हाम्रो विकासका विरुद्धमा छन् । ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने भनेर हिजो पनि हामीले भन्दै आएको हो नि । खै त भएन । त्यस कारण अझै पनि विकास विरोधी कानूनहरू यावत छन् । तर यी कानूनहरू संशोधन गर्न अति आवश्यक छ । बजेट कार्यान्वयन गर्नको लागि कानून संशोधन नगरी हुँदैन ।’

नेपालको कार्यान्वयन संरचना काम पन्छाउने र सहजीकरण नगर्ने खालको रहेको उनको टिप्पणी छ । उनले परिणामविहीन भारी संरचना नेपालले बोकिरहेको उल्लेख गर्दै यसको पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?