Trending
>>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस् >>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा


काठमाडौँ। पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्य संरचनागत प्रणाली संविधानको मान्यताविपरित रहेको टिप्पणी गर्नुभएको छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट : अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका उपमहासचिव शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले संरचनागत प्रणालीको कमजोरीकै कारण बजेट कार्यान्वयनमा चुनौती रहेको बताए । उनले अगामी आर्थिक वर्षको बजेटले गरिबी घटाउने नभई बढाउने समेत टिप्पणी गर्दै उनले संविधानको उद्देश्य सामाजिक न्याय भए पनि बजेटले सम्पत्तिको न्यायोचित वितरण गर्न नसकेको बताए । महासचिव शर्माले संविधान संशोधन गरेर राज्य संरचनाअनुरूप नभए संरचनाहरू संविधानअनुरूप बनाउनुपर्ने बताएका छन् ।

उनले बजेट आउँदा हरेक वर्ष प्रशंसा हुने गरे पनि ती बजेटको सफल कार्यान्वयन हुन नसकेको बताउंदै मुलुकमा विद्यमान कतिपय कानुनहरू अझै पनि विकास विरोधी रहेको उल्लेख गरे । उनले ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने विकास विरोधी कानूनहरूकै कारण सफल हुन नसकेको बताउदै बजेटको सफल कार्यान्वयन गर्नको लागि कानूनी सुधार आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘गरिबीलाई पुर्ने हो कि बढाउने हो भन्दा बढ्नेतिर जान्छ यो बजेट । गरिबी पुरिँदैन । जब गरिबीको खाडल बढ्छ भने हाम्रो अर्थतन्त्र सफल हुन्छ त ? हाम्रो बजेट सफल हुन्छ त ? हामीले गरिबीको खाडल पुर्नेतिर लाग्नुर्पयो नि । संविधानको उद्देश्य त सामाजिक न्याय हो नि त । सम्पतीको न्यायोचित वितरणको कुरा हो नि त । अहिलेका हाम्रा समग्र संरचनाहरू संविधानको मान्यताअनुसार छँदै छैनन् । यो त गम्भीर प्रश्न हो । कि त संविधान संशोधन गरेर संरचनाअनुरूप बनाऔँ कि त संविधान अनुरूप संरचना बनाऔँ । बजेटहरू आउँदा हिजो पनि प्रशंसाहरू हुने गथ्र्यो, आज पनि भइरहेकै छ । आज पनि कानूनहरू हाम्रो विकासका विरुद्धमा छन् । ऐन पनि बनाउँदै जाने र विकास पनि गर्दै जाने भनेर हिजो पनि हामीले भन्दै आएको हो नि । खै त भएन । त्यस कारण अझै पनि विकास विरोधी कानूनहरू यावत छन् । तर यी कानूनहरू संशोधन गर्न अति आवश्यक छ । बजेट कार्यान्वयन गर्नको लागि कानून संशोधन नगरी हुँदैन ।’

नेपालको कार्यान्वयन संरचना काम पन्छाउने र सहजीकरण नगर्ने खालको रहेको उनको टिप्पणी छ । उनले परिणामविहीन भारी संरचना नेपालले बोकिरहेको उल्लेख गर्दै यसको पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?