काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।
नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा बिहीवार सानेपामा आयोजितत कार्यक्रममा बोल्दै उनले काँग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गन, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने बताएका छन्। जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि निति बनाउने पक्षमा नेपाली काँग्रेस रहेको उनको भनाई छ । उनले प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको पनि बताएका छन् ।
डिजिटल प्लेटफर्मले कामलाई सहजता, तिब्रता र स्रोतमा पहुँचमा पुर्याएको उनको भनाई छ । छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुमा यसको नकरात्मक असर पनि पुर्याएको उनले बताए । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘नेपाली काँग्रेस सदैव नवप्रर्वधन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा उभिँदै आएको छ । नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्याई विशेष गरी युवा विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्न उपपयोेग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नितिमा पुर्याउने पक्षमा छौँ । हामी सबै मिलेर प्रविधीमैत्री, नवप्रवद्र्धनशील र डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिब्रता दिएको छ । स्रोतमा पहुँचमा पुर्याएको छ । अझ भनौ विश्वाससँग जोडिएको छ । यसको सकरात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरुले यसको नकरात्मक असर पनि पु¥याएको छ । नागरिकलाई सचेत बनाउने प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नको लागि यस प्रकारको कार्यक्रमले सहयोग गर्नेछ । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुुरक्षित हुने समस्याको समाधानको लागि सरकार र सरोकारवाला निकायहरुले समयमा नै ध्यान दिन आवश्यक छ ।’
उनले नेपाली काँग्रेसको नेतृत्वको सरकारको अग्रसरतामा जारी भएको दूरसञ्चारसम्बन्धी निति, ऐन र नियमहरुले आज नेपालका टाढाका बस्तीहरु र सबै नागरिकहरुलाई प्रविधिको पहुँचमा ल्याएको बताएका छन् । तरपनि प्रविधिका क्षेत्रहरुमा अझै धेरै कामहरु गर्न बाँकी रहेको उनको भनाई छ ।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार