Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरेर मधेसमा विद्यमान खानेपानी समस्या समाधानका लागि सुझाव दिएको छ।

मुख्यमन्त्रीको कार्यालयका अनुसार, भारतीय प्राविधिक टोलीले विशेषगरी भूमिगत जलको उपयोग र दीर्घकालीन व्यवस्थापनका विषयमा सुझावहरु  प्रस्तुत गरेको हो। टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धता र गुणस्तर सम्बन्धी विस्तृत अध्ययन गर्ने योजना पनि जनाएको छ।

यस बैठकमा दुवै पक्षले खानेपानी आपूर्ति सुधार, आधुनिक प्रविधिको उपयोग र दीर्घकालीन जल स्रोत संरक्षणबारे छलफल गरेका थिए।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?