Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एमसीसी अन्तर्गतका दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता


काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपाल परियोजना अन्तर्गत १५.४५ करोड डलर बराबरको दुई वटा प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।

एमसिए नेपालले प्रतिष्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रशारण लाइनको निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल प्रशारण लाइन निर्माण सम्झौता वाइबा–सलार संयुक्त उपक्रमसँग गरेको हो । अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरु, अमेरीकी दुतावासका अधिकारीहरुको उपस्थीतीमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसका लागि संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौता अन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रशारण लाइनहरुको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन लगायतका काम गरिनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनियतामा सुधार गर्नुकासाथै क्षत्रिय विद्युत व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरुसँग मिलेर कामगर्न पाउँदा गर्ववान्वित भएको बताएका छन् । सम्झौतापछि कुराकानी गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले ३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको बताए । उनले बिहीवार १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको बताएका छन् ।

कार्यकारी निर्देशक खड्काले भने,‘३१५ मिटरको कुल प्रशारण लाइनमध्ये १८ किमिको गत वर्ष नै सम्झौता भएको थियो । ३१५ मध्ये २९७ किमि प्रशारण लाइनको सम्झौता गर्न बाँकी थियो आजको सम्झौतापछि १८० किलोमिटर प्रशारणलाइनका लागि सम्झौता भएको छ । अब अर्को लट ११७ किमि प्रशारण लाइनको केही दिनमै सम्झौता गर्ने तयारी छ । सम्झौता गरिसकेपछि एउटा डेट तोकिएको हुन्छ, त्यो अवधीभित्र निर्माण पक्षले सम्पन्न गर्नुपर्ने हुन्छ । इफक्टिभ डेट भन्छौं त्यो डेट भनेको ४२ महिना हो । तर त्यो भन्दा कन्ट्रायाक्टरले त्यो भन्दा अगाडी गर्न सक्छ । सम्झौतासँगै काम सुरु भयो भन्ने बुझौँ । यसको लागत एउटा परियोजनाको ७ करोड ६० लाख छ भने अर्को परियोजनाको ७ करोड ४० लाख रहेको छ । लगभग दुवै परियोजनाको लागत बराबर छ ।’

कार्यकारी निर्देशक विष्टले एमसीसी परियोजनालाई नेपालमा समयमै सम्पन्न गराउनका लागि एमसीए नेपाल लागिरहेको बताए । उनकाअनुसार अहिलेसम्मका कामहरु प्रभावकारी हिसावले नै अघि बढिरहेका छन् । ती नै समयमै काम सम्पन्न हुने आधारहरु हुन् ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?