Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

पाइलटका पिता भन्छन् : ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस्


काठमाडौँ । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलका क्रममा बोल्दै उहाँले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाएका छन् । उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गर्नुभएको र आफूले खाइरहेको औषधि समेत रोकेको उनको आरोप छ । कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गर्नुभएको बताएका छन् । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने बताएका छन् । दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गरेका छन् ।

उनले भने, ‘आयोगको अध्यक्षज्यु वायसनेस भएको आशंका मलाई छ । किनकी उहाँ मेरोमा अन्तरवार्ता लिन जाँदा नै उहाँले मलाई ह्यारेसमेण्ट गर्नुभयो । मैले खाने औषधिहरु समेत उहाँले गर्नुभयो । उहाँले सोझै यो त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नुभयो । यसमा टेक्निकल कुरा मलाई थाहा हुँदैन । प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक छ । वेट चार्ट जब भरिएर आउँछ, त्यसपछि पाइलटले हस्ताक्षर गर्ने होला । कोपाइलटले नै गरेको भन्ने थियो । अर्को अहिले कार्यरत पाइलटले पछि अन्तरवार्ता लिएर आएपछि जुन आयो त्यो त मैले नै साइन गर्थें भन्नुभएको छ । शुरुदेखि नै यसमा आशंका छ । उ बोल्न सक्दैन कहाँ छ, तर दोष किन उमाथि ? यदी उ माथि दोष ुसनियोजित थुपारिन्छ भने अध्यक्षज्यु छिमेकी जिल्ला तपाईंकै जिल्लामा साढे ४ वर्ष सेवा गरेको छु, तपाईंको पनि छोरो पाइलट छ । तपाईंको आत्मसन्तुष्टि छ भने मेरो भन्नु केही छैन । उ माथि हुँदा पनि उसको आत्मा नरोओस् । ’

उनले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गरेका छन् । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।


प्रकाशित मिति: २९ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?