Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन


काठमाडौँ। सरकार र यातायात व्यवसायीहरुबीचको वार्ता सकारात्मक भएको छ ।

सोमवार साँझ मन्त्रालयमा बसेको सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्षोन्मुख रहेको हो । आफूहरुका सात बुँदामध्ये एक नम्बरको बुँदा गण्डकी प्रदेश सरकारबाट अवैधानिक रुपले ऐन विपरित राइड शेयरिङ नीति ल्याइएको भन्दै खारेजी गर्नुपर्नेमा एक नम्बरको माग मात्रै सम्बोधन हनु नसकेको बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज भएवपछि मात्रै आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थीको संयोजकत्वमा बनेको वार्ता कमिटीले सार्वजनिक यातायातका समस्या समाधान गर्न वार्ता गरेको बताए । उनले आफूहरुले ७ बुँदे मागहरु लिएर आएको र मागहरुमाथि छलफल भएको र कार्यदलमा सहमति हुँदै गएको र पहिलो नम्बरको बुँदामा सहमति गर्न पुनः बैठक बस्ने बताएका छन् ।

गण्डकी प्रदेशको नियमावली खारेज भएको ठोस आधारपछि मात्रै यातायात सञ्चालन हुने बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?