Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन


काठमाडौँ। सरकार र यातायात व्यवसायीहरुबीचको वार्ता सकारात्मक भएको छ ।

सोमवार साँझ मन्त्रालयमा बसेको सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्षोन्मुख रहेको हो । आफूहरुका सात बुँदामध्ये एक नम्बरको बुँदा गण्डकी प्रदेश सरकारबाट अवैधानिक रुपले ऐन विपरित राइड शेयरिङ नीति ल्याइएको भन्दै खारेजी गर्नुपर्नेमा एक नम्बरको माग मात्रै सम्बोधन हनु नसकेको बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने बताएको छ । गण्डकी प्रदेशको नियमावली खारेज भएवपछि मात्रै आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थीको संयोजकत्वमा बनेको वार्ता कमिटीले सार्वजनिक यातायातका समस्या समाधान गर्न वार्ता गरेको बताए । उनले आफूहरुले ७ बुँदे मागहरु लिएर आएको र मागहरुमाथि छलफल भएको र कार्यदलमा सहमति हुँदै गएको र पहिलो नम्बरको बुँदामा सहमति गर्न पुनः बैठक बस्ने बताएका छन् ।

गण्डकी प्रदेशको नियमावली खारेज भएको ठोस आधारपछि मात्रै यातायात सञ्चालन हुने बताएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?