Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुख रहेको बताएका छन् ।

सोमवार साँझ मन्त्रीपरिषद्को बैठकपछि कुरा गर्दै मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणवद्ध वार्ताहरु सहमतिबाट टुंगिन लागेको बताएका छन् । शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो । मन्त्रालयको टोली र महासंघले बनाएको सहमतिको आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो । अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ ।

शिक्षक महासंघसँग भएको सहमतिहरुलाई मन्त्री पन्तले समितिमा टेबल गर्ने र छलफल गरी विधेयकको अंग बनाइने तयारी सरकारको छ । सरकार र शिक्षक महासंघ निष्कर्षमा नपुगी विद्यालय शिक्षा विधेयक माथिकोछलफल अपूरो हुने भन्दै सांसदहरुले छिटो सहमति जुटाउन सरकारलाई दबाब दिइरहेका छन् । यस्तै सरकारले असार १५ गतेभित्र ऐन नै जारी गर्ने भनेर आन्दोलनरत शिक्षकसँग सहमति गरेको छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?