Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुख रहेको बताएका छन् ।

सोमवार साँझ मन्त्रीपरिषद्को बैठकपछि कुरा गर्दै मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणवद्ध वार्ताहरु सहमतिबाट टुंगिन लागेको बताएका छन् । शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो । मन्त्रालयको टोली र महासंघले बनाएको सहमतिको आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो । अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ ।

शिक्षक महासंघसँग भएको सहमतिहरुलाई मन्त्री पन्तले समितिमा टेबल गर्ने र छलफल गरी विधेयकको अंग बनाइने तयारी सरकारको छ । सरकार र शिक्षक महासंघ निष्कर्षमा नपुगी विद्यालय शिक्षा विधेयक माथिकोछलफल अपूरो हुने भन्दै सांसदहरुले छिटो सहमति जुटाउन सरकारलाई दबाब दिइरहेका छन् । यस्तै सरकारले असार १५ गतेभित्र ऐन नै जारी गर्ने भनेर आन्दोलनरत शिक्षकसँग सहमति गरेको छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?