Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भुमिकामा प्रश्तुत हुने समेत बैठकले निर्णय लिएको छ । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताए । उनले परिवारको सदस्यले गरेको बद्मासीको जिम्मेवारी अभिभावकले लिने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने समेत बताएका छन् ।

उनले भने , ‘भोलिको संसद बैठकमा पनि हामी जेठ १३ र १४ गतेको बैठककै भूमिकामा प्रश्तुत हुन्छौँ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्युले पद छोडिदिनुपर्छ । अरुलाई छानविन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ । अभियोग र प्रश्न गृहमन्त्रीज्युमा उठेकोले गर्दा गृहमन्त्रीज्यूले आएर जवाफ दिने होइन । परिवारमा कुनै समस्या आयो भने अभिभावकले आएर जिम्मेवारी लिन्छ । त्यसैले अहिले सरकारको अभिभावकको रुपमा रहनुभएको सम्माननीय प्रधानमन्त्रीज्यूले जवाफ दिनुपर्छ ।’

संसदको कारबाही अगाडि बढाउने र गृहमन्त्रीको राजीनामाबारे अन्य प्रतिपक्षी दलहरुसँग समेत सहकार्य गर्ने निर्णय भएको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?