काठमाडौँ। महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् । आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी छिन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित भइरहेको बताएका छन्। आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरुलाई अहिले जनताले मन पराउन छोडेको बताए । यसको कारण नेताहरुको
काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् । आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद विघटन गर्न नहुने बताउदै परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताए ।
काठमाडौँ। नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताएका छन् । प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताएका छन् । तोकिएको
काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आईतवार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताएका छन्
काठमाडौँ।प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरुलाई प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयमा लगिएको छ । जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले भ्यानमार्फत प्रधानमन्त्रीसँग भेट गराउन लगेको हो । उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रोश समेत व्यक्त गरेका छन् ।
काठमाडौँ।जेन-जी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन-जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताएकी छिन् । शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताएकी हुन् । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उनको भनाई छ
काठमाडौँ।सरकारले दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ । शनिवार उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । भौतिक पुर्वाधार तथा यातयातमन्त्री घिसिङले नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परिक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडी नै सञ्चालन
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा
काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई