काठमाडौँ। विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरेका छन् । केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गरेका थिए।
पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।
प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार