Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने


काठमाडौँ।सरकारले दशैँमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ ।

शनिवार उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । भौतिक पुर्वाधार तथा यातयातमन्त्री घिसिङले नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परिक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडी नै सञ्चालन गर्ने बताएका छन् ।

उनले निर्माण कम्पनीले सुरक्षाको हिसाबले चलाउन नसकिने बताएपनि परीक्षणको रुपमा सञ्चालन गर्नको लागि निर्देशन दिएको जानकारी दिएका छन् । दशैँ पछाडी भने सुरुङ्गमार्ग प्रवेशमा रोक लगाईने बैठकले निर्णय गरेको छ । बैठकले चाडबाडलाई लक्षित गरी यातायात व्यवस्थापन र सडक सुरक्षाका सन्दर्भमा विभिन्न ७ वटा निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्ने, बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागू हुनेगरी ठूला भारवाहन सवारी साधनहरु सञ्चालनमा रोक लगाउने, खाध्यान्न लगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय गरिएको मन्त्री घिसिङले जानकारी दिएका छन् ।

मन्त्री घिसिङले भने, ‘नागढुङ्गा टनेल जुन छ, त्यो टनेललाई पब्लिक भेहिकलको लागि मात्रै टेष्ट अपेशनको हिसावले दशैँ अगाडी नै चलाउन सकिन्छ कि भनेर हामीले छलफल गरेका छौँ । अब अहिले त्यहाँ कन्ट्रयाक्टर कै पार्टमा छ । जाईकाले पनि त्यसको चाँही सटेन सेफ्टीको हिसावले त्यो सेफ्टी मेजर्सहरु पूरा नभएको हुनाले चलाउनलाई अलिकति कन्ट्रयाक्टरको तर्फबाट अहिले नै चलाउन सकिँदैन कि भन्ने कुरा पनि छ तर हामीले चाँही दशैँ अगाडी यसलाई टेष्टको रुपमा यसलाई अगाडी बढाउने भन्ने हिसाबले निर्देशन दिएका छौँ ।’

बुटवल– नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्ने, नारायणगढ—मुग्लिङ सडक खण्डको तुइन खोलामा भएको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्ने निर्णय बैठकले गरेको छ ।

मौसम र सडकको अवस्था वुझेर मात्र यात्रा गर्न सार्वजनिक सूचना जारी गर्ने, देशभरको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी फोकल पर्सनको व्यवस्थापन गर्ने र सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले कार्यविधि/निर्देशिका तयार गरी यथाशीघ्र मन्त्रालयमा पेश गर्न निर्देशन दिने निणर्य बैठकले गरेको छ ।

बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?