Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको छानविन गरी दोषिलाई कारबाही गर्नुपर्छः ठाकुर गैरे


काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिएका छन् । राजनीतिक दलहरुले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले जेन—जी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि जेन—जीका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘जेनजी पुस्ताको आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि हमला भयो, धावा बोलियो र देशलाई नै तहसनहस बनाउने काम भयो यो प्रति दुःख व्यक्त गर्न चाहन्छु । यो घटनाको बारेमा निष्पक्ष छानविन गरेर त्यसमा रहेका दोषिहरुलाई कडाभन्दा कडा कारबाही गर्ने र देशले न्याय पाउने परिस्थिति निर्माण होस् भन्ने म अपेक्षा पनि गर्दछु । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु नै मुख्य कुरा हो र यी सबै जनताका मुद्दाहरुको नेतृत्व गर्ने र ज नतामार्फत निर्वाचित भएर आएकाहरुले देशको नेतृत्व गर्ने हाम्रो प्रणाली हो । यसको लागि नेकपा एमाले र अन्य दलहरुले गम्भीरतापूर्वक समिक्षा गरेर दलहरुमा कुनै कमि रहेको छ भने सच्याएर जाने प्रतिवद्धता गर्ने, राज्य प्रणालीको तर्फबाट भएका कमिको पहिचान गरेर दोहोरिन नदिने र देशको सर्वोपरी हितको लागि सबे प्रतिवद्ध भएर भो लिको दिनमा हामी लोकतन्त्रलाई फेरि हामी बलियो बनाउन चाहन्छौं । जेनजी पुस्ताका मागका सम्बन्धमा जेन—जीका प्रतिनिधिहरुलाई पार्टी कार्यालयमा बोलाएर उहाँहरुको कुरा सुन्ने र जेन—जी पुस्ताका मागहरुलाई सम्बोधन गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्ने आवश्यकता आजको दिनमा देखापरेको छ ।’

उनले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?