Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको छानविन गरी दोषिलाई कारबाही गर्नुपर्छः ठाकुर गैरे


काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिएका छन् । राजनीतिक दलहरुले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले जेन—जी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि जेन—जीका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘जेनजी पुस्ताको आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि हमला भयो, धावा बोलियो र देशलाई नै तहसनहस बनाउने काम भयो यो प्रति दुःख व्यक्त गर्न चाहन्छु । यो घटनाको बारेमा निष्पक्ष छानविन गरेर त्यसमा रहेका दोषिहरुलाई कडाभन्दा कडा कारबाही गर्ने र देशले न्याय पाउने परिस्थिति निर्माण होस् भन्ने म अपेक्षा पनि गर्दछु । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु नै मुख्य कुरा हो र यी सबै जनताका मुद्दाहरुको नेतृत्व गर्ने र ज नतामार्फत निर्वाचित भएर आएकाहरुले देशको नेतृत्व गर्ने हाम्रो प्रणाली हो । यसको लागि नेकपा एमाले र अन्य दलहरुले गम्भीरतापूर्वक समिक्षा गरेर दलहरुमा कुनै कमि रहेको छ भने सच्याएर जाने प्रतिवद्धता गर्ने, राज्य प्रणालीको तर्फबाट भएका कमिको पहिचान गरेर दोहोरिन नदिने र देशको सर्वोपरी हितको लागि सबे प्रतिवद्ध भएर भो लिको दिनमा हामी लोकतन्त्रलाई फेरि हामी बलियो बनाउन चाहन्छौं । जेनजी पुस्ताका मागका सम्बन्धमा जेन—जीका प्रतिनिधिहरुलाई पार्टी कार्यालयमा बोलाएर उहाँहरुको कुरा सुन्ने र जेन—जी पुस्ताका मागहरुलाई सम्बोधन गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्ने आवश्यकता आजको दिनमा देखापरेको छ ।’

उनले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?