Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

अनाहक संसद विघटन गरियो,संविधानभित्रबाट गरिएको परिवर्तन नै दिगो र दरिलो हुन्छः अध्यक्ष मिश्र


काठमाडौँ। नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा.विजयप्रसाद मिश्रले अनाहक संसद विघटन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आईतवार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद विघटन गर्न नहुने बताउदै परिवर्तन आवश्यक थियो र परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुने बताए । ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने बताएका छन् । आन्दोलनले कुनै संविधान, कानून नमान्ने भएपनि आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँधिनुपर्ने बताए। नत्र वैधता प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरु राख्नुभयो । नेपाल बार एशोसिएशनले पनि १ बजे राति आफ्नो विज्ञप्ती निकाल्यो । यो संसद अनाहक विघटन गर्नुहुने थिएन । परिवर्तन आवश्यक थियो, परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ । मुलुकका शक्तिहरु जो हामी मानि आएका छौँ, ति शक्तिहरु चुनिन्छन् । पूर्व भए भन्दा फ्रेस म्याण्डेट आवश्यक पर्दछ । फ्रेस म्याण्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ । आन्दोलनले कुनै संविधान, कानून मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानूनमा बाँध्नुपर्दछ । नत्र वैधता प्राप्त गर्न सक्दैन ।’

उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताउदै अहिलेको संसद निन्द्राको अवस्थामा गएको बताए ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?