Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

तत्कालीन सरकारको हठ र समाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण बन्योःपोखरेल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता लिलामणी पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध जेन–जी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्यता बढेकोमा सरकारको नेतृत्वमा रहनेहरु परिवारवादमा लिप्त हुँदा युवाहरु आन्दोलित भएको बताएका छन् । उनले संवैधानिक आयोग तथा राज्यका निकायहरुमा प्रतिष्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको बताएका छन् । साथै जेन—जी पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी तथा वैदेशिक शक्तिहरुले घुसपैठ गरेको समेत उनले आशंका गरेका छन् ।

उनले भने, ‘मुलुकमा विद्यमान शासन प्रणालीअन्तर्गत भएका अनियमितता, भ्रष्टाचारले गर्दाखेरी आम जनतामा पनि असन्तुष्टी र युवाहरुमा पनि बेरोजगारको समस्या, थुप्रै युवाहरु विदेशीनुपर्ने स्थितिका कारण उनीहरुमा देखा परेको नैराश्यता तथा नेपाटिज्म । सरकारको उच्च ओहोदामा बस्ने मन्त्री, प्रधानमन्त्री तथा नेताहरुको छोराछोरीको कारण पनि जेनजी आन्दोलन भएको छ । प्रतिष्पर्धा र क्षमताको आधारमा रोजगारीको सिर्जना गर्ने कुरा त कहाँ छ कहाँ भएका ठाउँहरुमा पनि आफ्ना मान्छेहरु भर्ति गर्ने प्रवृत्तिले जनतामा उकुसमुकुस थियो । त्यसैमा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेपछि सबैभन्दा धेरै आक्रोश त्यहाँबाट आएको देखिन्छ । आजको नयाँ पुस्ता सानैदेखि सामाजिक सञ्जालमा जोडिन थाल्छ । सामाजिक सञ्जालको उपयोगिता पनि यतिबेला बहुआयामिक थियो । आफ्ना अभिव्यक्ति पनि त्यही माध्यमबाट सिक्न खोज्दै थियो । त्योभन्दा माथिको तहको व्यक्तिले साझा गर्न पाउँथ्यो । शिक्षा प्राप्त गर्न पनि सामाजिक सञ्जालको प्रयोग गरिरहेको थियो । सरकार सामाजिक सञ्जालमार्फत नै अलोकप्रिय हुँदै गएको थियो । उसका सबै कर्तुतहरु पर्दाफास हुन थाले । सरकारलाई यो कुरा पचेन र अचानक सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाइदियो । त्यो नै सबैभन्दा ठूलो गल्ति थियो । त्यसकै कारण युवाहरु आन्दोलनमा आएका थिए । उनीहरुको उद्देश्य व्यवस्था थिएन भ्रष्टाचार रोक्ने थियो । आन्दोलनमाथि सरकारले गोली चलाएर दमन ग¥यो । त्यसमाथि यो प्रणाली र परिवर्तन नरुचाउने शक्तिहरु पर्खेर बसेका थिए । उनीहरुले यसलाई अवसर माने । त्यसकारण यो सब भयो ।’

उनले मुलुक राजनीतिक शुन्यतामा रहेको उल्लेख गर्दै पार्टी संगठनलाई बलियो बनाएर जनतामा जान पार्टी दृढ रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?