Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित हुँदैछन्ः उपाध्यक्ष खतिवडा


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरु आफ्नै कारणले विस्थापित भइरहेको बताएका छन्।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरुलाई अहिले जनताले मन पराउन छोडेको बताए । यसको कारण नेताहरुको व्यवहार र कार्यशैली रहेको बताएका छन् । उनले कम्युनिष्ट पार्टी वितृष्णा, निषेध र समाप्तिको डिलमा पुग्नुको कारण नेताहरुको चरित्र र काम नै रहेको बताए । सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड नदिनुको परिणाम आज देखिएको उनको टिप्पणी छ । सत्ता संघर्षका लागि सारै तिब्र भएर लाग्ने, सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यघ्र भएर लाग्ने तर जुन वर्गको प्रतिनिधित्व गरेर आउने हो त्यसको उत्थानका लागि कहिल्यै नलाग्दा श्रमजीवि वर्ग टाढिँदै गएको जिकिर गरेका छन् ।

उनले भने, ‘समग्रमा दलहरु विस्थापित भएको, काँग्रेस पुँजीवादी जुनसुकै दल हुन्, उनीहरु यति धेरै विस्थापित भएका छन्, त्यसमध्ये सबैभन्दा डरलाग्दो कुरा मुलुकको परिवर्तन गर्ने गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने, समाजको क्रान्तिकारी वर्ग चेतनाले लेस भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा यति धेरै वितृष्णा, यति धेरै निषेध, यति धेरै समाप्तिको डिलमा पुगेको छ भन्ने स्थिति अर्काको कारणले होइन, हाम्रै कारणले हो । अरु कसैलाई दोष दिन सकिँदैन । हामीभित्र मेरो, मेरो पार्टीको कति अंश छ त्यो खोज्न सकिन्छ । हामीले कहिले पनि सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड दिएनौँ । सत्ता संघर्षका लागि सारै तिब्र भएर लाग्यौँ । सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यघ्र भएर लाग्यौँ । तर जुन वर्गको प्रतिनिधित्व गरेर आउँथ्यौँ, त्यो वर्गको उत्थान गर्न कहिल्यै लागेनौँ । वर्ग हामीबाट टाढा हुँदै गयो ।’

उपाध्यक्ष खतिवडाले सत्तामा पुगेपछि समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न कुनै काम नभएको बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?