Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जेन-जी आन्दोलनले नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी


काठमाडौँ। महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् ।

आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी छिन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको बताएकी छिन् । आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाई छ । उनले जेन—जीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताइन्। जेन—जी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ ।

उनले भनिन्, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरुको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईहरु उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरु त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुुस्, म अनुरोध गर्छु । के ती बच्चाहरुले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होईन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरुलाई केही चाहिएकै थिएन् । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’

उनले आन्दोलनका क्रममा जेन—जीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गरेकी छिन् । जेन—जीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उनको भनाई छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उनले दाबी गरेकी छिन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?