Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

जेन-जी आन्दोलनले नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी


काठमाडौँ। महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन—जी आन्दोलनले देशमा परिवर्तन ल्याएको बताएकी छिन् ।

आईतवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जेन—जीहरुले बलिदानीका कारण परिवर्तन आएको बताएकी छिन् । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उनको भनाई छ । जेन—जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको बताएकी छिन् । आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उनको भनाई छ । उनले जेन—जीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताइन्। जेन—जी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उनको दाबी छ ।

उनले भनिन्, ‘के भनेका थिए त ती जेनजीले, के मागेका थिए त, खाली भ्रष्टाचार र एउटा सुशासनको कुरा न गरेका थिए, उनीहरुले । त्यही पनि उनीहरुको लागि भनेकै थिएनन्, त्यो बेला । अहिले देख्नुहुन्छ तपाईहरु उनीहरुले आन्दोलन गरे तर पदमा जाने त हामी पो भएछौँ । उनीहरु त छैनन् त । उनीहरुले मागेका थिए खाली सुशासन होस्, हामी बाहिर जान नपरोस् । भ्रष्टाचारको अन्त्य होस् । आज माग्दाखेरी गोली खाए । र गोली खाएपछि नयाँ परिवर्तन आएको छ । त्यसैले म हरेक अभिभावकलाई छातीमा हात राखेर भन्नुुस्, म अनुरोध गर्छु । के ती बच्चाहरुले आफ्ना लागी आन्दोलन गरेका थिए त ? होईन, देशका लागी आन्दोलन गरेका थिए । उनीहरुलाई केही चाहिएकै थिएन् । उनीहरुले खाली हामी विदेश जान नपरोस्, हामीले हाम्रो मान्छे भनेर खोजेर जागिर खान नपरोस्, योग्यताको कदर होस् । भन्ने किसिमले माग गरेका आएका थिए ।’

उनले आन्दोलनका क्रममा जेन—जीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दाबी गरेकी छिन् । जेन—जीहरुको सार्वजानिक सम्पतीमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उनको भनाई छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उनले दाबी गरेकी छिन् ।


प्रकाशित मिति: ५ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?