Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली


सरकारले अझै निर्वाचनको वातावरण बनाउन सकेको छैनः ओली

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अझै निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् ।

शुक्रवार बिहान गुण्डस्थित आफ्नै निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग उनले निर्वाचनमा जाने कुरामा आफ्नो पार्टी दुविधामा नरहेपनि त्यसका लागि अझै वातावरण बन्न नसकेको कुरा आफूसँगको भेटमा अध्यक्ष ओलीले बताएको मन्त्री खरेलले जानकारी दिएका छन् । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले व्यवहारिक रुपमा निर्वाचन गराउने वातावरण बनेको छ कि छैन ? भनि सञ्चारकर्मी खरेलसँग जिज्ञासा समेत राखेका छन् । निर्वाचनमा लागि सुरक्षा चासोका विषयलाई ओलीले आफूसँगको भेटमा विशेष चासो दिएको पनि मन्त्री खरेलले बताएका छन् ।

उनले भने, ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका सन्दर्भमा उहाँले केही सुरक्षा चासोका विषय राख्नु भएको छ । निर्भयताका साथ चुनावमा भाग लिने, भोट हाल्ने र राजनीतिक दलहरुलाई भाग लिने वातावरण बनाउनु पर्छ । त्यो अझै बनिनसकेको हो कि अझै बढि मेहनत सरकारले गर्नुपर्छ भन्ने उहाँको कुरा रहेको छ । र उहाँले सिद्धान्ततः नेकपा एमाले जनमतलाई मान्ने पार्टी हो, लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरा दुविधा छैन । त्यसमा नेकपा एमाले त्यो लाईनमा स्पष्ट रुपमा छ भन्नु भयो । तर अहिले व्यवहारिक रुपमा सुरक्षाको हिसावले चुनाव गराउने अवस्था छ कि छैन ? भनेर उहाँले चासोहरु राख्नु भएको छ । सुरक्षाको वातावरण बनाउनु प¥यो, निर्वाचनको वातावरण बनाउनु प¥यो भन्ने उहाँको कुरा रहेको छ । त्यो सन्दर्भमा हामीले सरकारको तर्फबाट सुरक्षाको वातावरण बनाउने कुराहरुमा सरकार प्रतिवद्ध छ भन्ने कुरा हामीले राखेका छौँ ।’

त्यस अवसरमा मन्त्री खरेलले अध्यक्ष ओलीलाई निर्वाचनका लागि सुरक्षाको उचित व्यवस्था मिलाउन प्रतिवद्ध रहेको बताएका थिए ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?