Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

जेन-जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए गोली खान तयार छौँः घाइते परिवार


काठमाडौँ।जेन-जी आन्दोलनको घाइते परिवार सरस्वती रावलले जेन-जी आन्दोलनको बलिदानीलाई सरकारले सम्बोधन गनुपर्ने बताएकी छिन् ।

शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जेन—जी आन्दोलनको बलिदानी खेर जाने अवस्था आए आफू गोली खान तयार भएको बताएकी हुन् । जेन—जी आन्दोलन परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा शुरु भएको उनको भनाई छ । आन्दोलनमा जेनजीहरुको ठूलो संख्यामा बलिदानी भएको उनले बताइन् ।

हजारौँको संख्यामा घाइतेहरु छन् । जेन—जीहरुको बलिदानीको रक्षा गर्न उनीहरुको एजेण्डालाई अहिलेको सरकारले सम्बोधन गर्नुपर्ने बताउदै उनले मृतक परिवारको व्यवस्थापन, घाइतेहरुको जीविकोपार्जन, उपचारको ग्यारेन्टी, सुरक्षा लगायतको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिएकी छिन् । आफू पनि १० वर्षे जनयुद्धको योद्धा भएको स्मरण गर्दै उनले जनयुद्धको समयमा तीन वर्ष जेल बसेको समेत बताइन् ।

जेन-जी आन्दोलनको बलिदानी खेर जाने अवस्था भएमा आफू फेरि गोली खान तयार रहेको तर अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न नदिने उनको भनाई छ । उनले आफ्नो भदा आदित्य रावलको शरीरमा ३ वटा गोली लागेको जानकारी दिइन् । अझै पनि एउटा गोली पेटमा रहेको बताइन् ।

उनले भनिन्, ‘जेन—जी आन्दोलनमा परिवर्तनको लागि सुशासनको पक्षमा र भ्रष्ट्राचारको विरुद्धमा जेनजीहरुले जो आन्दोलन शुरु गरेका छन् । यो आन्दोलनले बलिदानी भएको छ, जेनजीहरुको ठूलो संख्यामा । अझै हजारौँको संख्यामा घाईतेहरु हुनुुहुन्छ । उहाँहरुको यो वलिदानीको रक्षा होस् । यो बलिदानी, यो रगत खेर नजाओस् । यसले जुन एजेण्डा लिएको थियो, यो एजेण्डाको अहिलेको सरकारले सम्बोधन गरोस् र मृतक परिवारको व्यवस्थापन होस् । घाईतेहरुको जीविकोपार्जनदेखि लिएर उपचारको ग्यारेन्टी गरिनुपर्दछ । उहाँहरुको सुरक्षाको पनि कुरापनि यहाँ थुप्रै थ्रेटहरु आएको कुराहरु अहिले उहाँहरुले राख्नुभएको छ । यो पनि सरकारले उहाँहरुलाई शान्ति सुरक्षाको महशुस गराओस् र यो बलिदानी खेर नजाओस् । यदी यो बलिदानी, फेरी जेनजी आन्दोलनको बलिदानी खेर जाने अवस्था भयो भने म पनि १० वर्षे जनयुद्धको योद्धा हो । तीन वर्ष जेल बसेको योद्धा हो । म जेन वाई को तर्फबाट फेरि ३ वर्ष जेल होईन । एउटा गोली खाएको छु, फेरी दुई वटा, चार वटा गोली खान तयार छु । हामी अभिभावकको तर्फबाट यो आन्दोलनलाई पछाडी हट्न दिनेवाला छैनौँ ।’

उनले जेनजीहरुलाई एक जुट हुन पनि आह्वान गरेकी छिन् । हाल जेन-जीको दुई चार वटा समूह देखिएको उल्लेख गर्दै जेन-जीको नाममा अरुले अवसर लिएको बताएकी छिन् ।

घाइते प्रकाश विष्टकी दिदि दुर्गा विष्टले भाईको सिभिल अस्पतालमा उपचार गराईरहेको बताइन् । सरकारले घाईतेको पछिसम्म उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । जेन-जी आन्दोलनमा सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरीले जेन-जी आन्दोलनका माग पूरा हुनुपर्ने बताइन् । उनिहरुले देशमै रोजगारी सिर्जना हुनुपर्ने, आन्दोलनका क्रममा घाईते भएकाहरुको दीर्घकालिन उपचार गर्नुपर्ने, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीहरुमाथी छानविन गरि कारबाही गर्नुपर्ने, आन्दोलनमा गोली चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेकी थिइन् ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?